एमालेको अवरोधका बीच राष्ट्रियसभामा दल विभाजनसम्बन्धी अध्यादेश पेस

एमालेको अवरोधका बीच राष्ट्रियसभामा दल विभाजनसम्बन्धी अध्यादेश पेस

लोकसंवाद संवाददाता  |  समाचार  |  भदौ २५, २०७८

प्रमुख प्रतिपक्षी नेकपा एमालेको अवरोधका बीच सरकारले राष्ट्रियसभा बैठकमा राजनीतिक दल सम्बन्धी दोस्रो संशोधन अध्यादेश, २०७८ पेस गरेको छ ।

गृहमन्त्री बालकृष्ण खाणले अध्यादेश पेस गरेका थिए । अध्यादेश पेस गर्दा एमालेका सांसदहरू उठेर विरोध जनाएका थिए ।  

दल विभाजन अध्यादेश पेसपछि कार्यसूचीमा रहेको अन्य कार्यक्रम राष्ट्रियसभा अध्यक्ष गणेश तिमिल्सिनाले हटाएपछि एमाले सांसद बसेका थिए ।

त्यसपछि बैठकले सांसदहरू महेन्द्र शेरचन र जेबी टुहुरेको निधनप्रति शोक प्रस्ताव पारित गरेको थियो । अर्को बैठक २८ भदौ दिउँसो १ बजे बस्ने गरी स्थगित भएको छ ।