बलिउडमा आउनुअघि कोसँग ‘अफेयर’मा थिए यी नायिका

बलिउडमा आउनुअघि कोसँग ‘अफेयर’मा थिए यी नायिका

लोकसंवाद संवाददाता  |  लोकरञ्जन  |  बैशाख २४, २०७६

काठमाडौं । फिल्म क्षेत्रमा आएपछि नायिकाको ‘अफेयर’बारे समाचार सुनिन्छन् । तर, उनीहरूको त्यसअघिको ‘अफेयर’बारे कमैलाई मात्रै जानकारी हुन्छ । बलिउडमा पनि थुप्रै नायिका छन्, जसको फिल्म क्षेत्रमा आउनुअघि ‘अफेयर’ चलेको थियो । तीमध्ये केहीको ‘अफेयर’बारे चर्चा गरिएको छ । 

प्रियंका चोपडा

फिल्म क्षेत्रमा आउनुअघि प्रियंका मोडलिङ गर्थिन् । त्यतिबेला उनको असिम मर्चेन्टसँग ‘अफेयर’ चलेको थियो । तर, मिस वल्र्ड भएपछि उनी असिमसँग अलग भइन् ।

दीपिका पादुकोण

दीपिका पादुकोणले अहिले अभिनेता रणवीर सिंहसँग दाम्पत्य जीवन बिताइरहेकी छन् । उनले बलिउडमा चर्चा कमाएपछि रणवीरसँग प्रेमविवाह गरेकी हुन् । तर, त्यसअघि उनी निहार पाण्ड्यासँग ‘अफेयर’मा थिइन् । 

अनुष्का शर्मा 

अभिनेत्री अनुष्का शर्माले क्रिकेटर विराट कोहलीसँग दाम्पत्य जीवन बिताइरहेकी छन् । उनले पनि कोहलीसँग प्रेम विवाह गरेकी हुन् । तर, मोडलिङ गर्दा उनको जोहेब युसुफसँग ‘अफेयर’ चलेको सुनिन्छ । अनुष्का भने यो खबर गलत भएको दाबी गर्छिन् । 

कंगना रनौत 

‘बलिउड क्विन’को उपमा पाएकी अभिनेत्री कंगना रनौत पनि अध्ययन सुमनसँग नजिकिएकी थिइन् । तर, एक वर्षपछि यी दुवै अलग भए । 

आलिया भट्ट

आलिया भट्ट स्कुल तहको अध्ययनका बेला अली दादारकरसँग लामो समय देखिएकी थिइन् । तर, फिल्म क्षेत्रमा सफलता पाएपछि उनी अलीसँग टाढा भइन् । 

सोनाक्षी सिन्हा 

सोनाक्षी सिन्हाले दुई वर्षसम्म एडलेब्सको एमडी आदित्या श्राफसँग ‘अफेयर’ चलेको थियो । तर, केही समयपछि दुवै अलग भए । त्यसपछि आदित्याले टिभी अभिनेत्री मेघा गुप्तासँग विवाह गरे ।

ज्याक्लिन फर्नान्डिस

ज्याक्लिन फर्नान्डिस लामो समयसम्म बहराइनका राजकुमार हसन विन रासिद अल खलिफासँग रहिन् । तर, पछि दुवैको ‘ब्रेकअप’ भयो । यी दुवैको ‘ब्रेकअप’ हुनुमा साजिद खानको भूमिका रहेको मानिन्छ । 

– एजेन्सीको सहयोगमा