एमाले सांसदको अवरोधपछि संसद बैठक स्थगित

एमाले सांसदको अवरोधपछि संसद बैठक स्थगित

लोकसंवाद संवाददाता  |  समाचार  |  भदौ २५, २०७८

प्रमुख प्रतिपक्षी दल एमालेका सांसदहरूको अवरोधपछि प्रतिनिधिसभाको बैठक १५ मिनेका लागि स्थगित गरिएको छ । 

एमाले विभाजनमा सभामुख अग्निप्रसाद सापकोटाको भूमिका रहेको आरोप लगाउँदै एमालेका सांसदहरूले संसद बैठक अवरोध गर्दै आएका छन् । 

शुक्रबारको बैठकमा पनि एमालेका सांसदहरूले रोष्टम अगाडि उभिएर नाराबाजी गरेर अवरोध सिर्जना गरेपछि सभामुख सापकोटाले १५ मिनेटका लागि बैठक स्थगित गरेका हुन् ।