एमाले सांसदको विरोधकाबीच ३ अध्यादेश पारित

एमाले सांसदको विरोधकाबीच ३ अध्यादेश पारित

लोकसंवाद संवाददाता  |  कारोबार  |  भदौ २५, २०७८

प्रतिनिधिसभा बैठकले ३ वटा अध्यादेश पारित गरेको छ । शुक्रबार दोस्रो पटक बसेको बैठकले आर्थिक अध्यादेश, २०७८, राष्ट्र ऋण उठाउने अध्यादेश, २०७८ र विनियोजन विधेयक, २०७८ पारित गरेको हो । 

एमाले सांसदहरूको नाराबाजी भइरहँदा यी विधेयकलाई सभामुख अग्निप्रसाद सापकोटाले निर्णायार्थ प्रस्तुत गरेका थिए । 

एमाले सांसदहरूको नाराबाजीका बीच उक्त अध्यादेश पारित  गरेर बैठकलाई १५ मिनेटका लागि स्थगित गरिएको छ ।