बिचरो म कि छिचरो ऊ

बिचरो म कि छिचरो ऊ

तारक धिताल  |  साहित्य  |  भदौ २६, २०७८

बिचरो म कि छिचरो ऊ
निर्लज्ज नाटक मन्चन
सदन देखि नेतागृहसम्म
विदेशी देखि स्वदेशी ‘एसेट्स’सम्म
ट्वीट देखि भाषणसम्म 
बिघटन देखि परमादेश र अध्यादेशसम्म 
‘प्रतिगमन’ देखि ‘कम्फर्टेबल’सम्म
पात्र तिनै ‘टेस्टेड’, 
सोच तिनै ‘वेस्टेड’ 
तर पनि जनताले हेरीदिनै पर्ने
वाह वाह ताली पिटीदिनै पर्ने
बिमतिका स्वरहरू
शासक, सत्ता र स्वार्थले कुल्चिदिने 
तैपनि देश र जनताको नाम भजाएर 
नेता बनिरहने, नेता मानीदिई रहनु पर्ने
बिचरो म कि छिचरो ऊ र उनीहरू ?