चित्रकुमार सुवेदीका हाईकु

चित्रकुमार सुवेदीका हाईकु

चित्रकुमार सुवेदी  |  साहित्य  |  भदौ २६, २०७८


तिम्रो आर्दश
टाँसियो त कुर्सीमा
जय होस् प्रभु

मातिन पनि
के सारो मातिएको 
कमेडीवाला 

झन्डा डडियो 
मन उस्ताको उस्तै
के गर्नु र खै

पैशा नतिरी
सर्कस हेरीयो बा 
पेलेर दोस्ती

कालै छ अझै
कालो गयो भन्थेउ
हेर त कुर्सी