एनआईसी एसियाका २ म्युचुअल फण्डको मूल्य समायोजन

एनआईसी एसियाका २ म्युचुअल फण्डको मूल्य समायोजन

लोकसंवाद संवाददाता  |  कारोबार  |  भदौ २७, २०७८

नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले २ म्युचुअल फण्डहरूको इकाई मूल्य समायोजन गरेको छ । आइतबार नेप्सेले एनआईसी एसिया ब्यालेन्स्ड फण्डको ३० प्रतिशत नगद लाभांश र एनआईसी एसिया ग्रोथ फण्डको इकाई मूल्य ११ रुपैयाँ २७ पैसा समायोजन गरेको हो ।

नेप्सेले अघिल्लो कारोबार दिनको अन्तिम मूल्यका आधारमा यी दुवै फण्डको इकाई मूल्य समायोजन गरेको हो । नेप्सेले यी २ फण्डहरूले लाभांश वितरण प्रयोजनार्थ बुक क्लोज गरेसँगै इकाई मूल्य समायोजन गरी नयाँ मूल्य निर्धारण गरेको जनाएको छ । 

त्यस्तै, आज समायोजपश्चात एनआईसी एसिया ग्रोथ फण्डको इकाई मूल्य १२ रुपैयाँ २२ पैसा तोकिएको छ । गत बिहीबार एनआईसी एसिया ब्यालेन्स्ड फण्डको इकाई १४ रुपैयाँ २७ पैसा र एनआईसी एसिया ग्रोथ फण्डको इकाई १५ रुपैयाँ २२ पैसामा अन्तिम कारोबार भएको थियो ।

आज कारोबार खुल्दा यही समायोजित मूल्यलाई आधार मानिनेछ ।