सम्बन्ध टुटेपनि सामान नटुटाउनुस

सम्बन्ध टुटेपनि सामान नटुटाउनुस

लोकसंवाद संवाददाता  |  समाचार  |  बैशाख २४, २०७६

चीनको हार्बिन शहरमा एउटा अनौठो संग्रहालय खुलेको छ । 

प्रेमी जोडी वा विवाहित जोडीको सम्बन्ध टुटेपछि उनीहरुले आफूसँग सम्हालेर राखेका सामान संग्रहालयमा प्रदर्शनीमा राखिएको छ । 

खुलेको केवल दश दिन मात्र भएपनि यो संग्रहालयमा १५ हजार भन्दा बढी प्रेमी जोडीले भ्रमण गरिसकेका छन् । 
२५ वर्षीय लियु यान ‘म्यूजियम अफ ब्रोकन रिलेशनशिप’ की मालिक हुन् । उनका अनुसार सोसल मिडियामा उनले ब्रेकअप सम्बन्धी सामान बिक्री गर्न अनुरोध गर्दै सामाजिक संजालमा सन्देश पोष्ट गरिन । 

सन्देश सामाजिक संजालमा पाेष्ट गरे पश्चात उनलाई १ हजार भन्दा बढी फोन आए । उनीहरुको कुरा सुनिसकेपछि ५० जनाको १ हजार थान सामान उनले राखीन जो विशेष थियो र संग्रहालयको लागि आवश्यक पनि । 

दर्जनौं रेल टिकट, प्रेमपत्र, एक जोर जुत्ता, किप्याड मोवाइल, विवाहको पोशाक लगायत अन्य अनौठा र विशेष किसिमका सामान संग्रहालयमा रहेका छन् । 

लियु पहिले एक टुर अपरेटरको रुपमा काम गर्थिन । त्यसबखत धेरै मानिसका टुटेका प्रेम सम्बन्धका अनौठो अनौठो घटनाका बारेमा सुनेपछि उनमा यो विचार आएको हो । त्यसपछि जागिर छोडेर उनले यो संग्रहालय खोलेकी हुन् । यसका लागि लियुले २० लाख रुपैयाँ खर्च गरेकी छन् ।