निरज गिरीले पाए धितोपत्र बोर्डको प्रशासनिक कामको नेतृत्व गर्ने जिम्मेवारी

निरज गिरीले पाए धितोपत्र बोर्डको प्रशासनिक कामको नेतृत्व गर्ने जिम्मेवारी
फाइल फोटो

लोकसंवाद संवाददाता  |  कारोबार  |  भदौ २९, २०७८

नेपाल धितोपत्र बोर्डको दैनिक प्रशासनिक कामको नेतृत्व गर्ने जिम्मेवारी निरज गिरीले पाएका छन् । धितोपत्र बोर्ड नेतृत्वविहीन बनेपछि अर्थ मन्त्रालयले बोर्डका कार्यकारी निर्देशक गिरीलाई दैनिक प्रशासनिक कामको जिम्मेवारी दिएको हो ।

धितोपत्र बोर्डका अध्यक्ष भीष्मराज ढुंगाना पारिवारिक सदस्यका नाममा सर्वोत्तम सिमेन्टको शेयर खरिद गरेको पाइएपछि निलम्बनमा परेका छन् । अर्थ मन्त्रालयको प्रस्तावमा १६ भदौमा बसेको मन्त्रिपरिषद् बैठकले ढुंगानालाई पदबाट निलम्बन गरी छानबिन गर्ने निर्णय गरेको थियो ।