कांग्रेसको 'हंगामा'बीच सरकारको नीति तथा कार्यक्रम पारित

कांग्रेसको 'हंगामा'बीच सरकारको नीति तथा कार्यक्रम पारित
फाइल तस्बिर ।

लोकसंवाद संवाददाता  |  समाचार  |  बैशाख २४, २०७६

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको 'हंगामा'बीच संघीय संसद् प्रतिनिधिसभाबाट सरकारको नीति तथा कार्यक्रम पारित भएको छ ।

कांग्रेसका सांसद् आफ्नो आसनबाट उठिरहँदा सभामुख कृष्णबहादुर महराले ध्वनि मतका आधारमा नीति तथा कार्यक्रम पारित भएको घोषणा गरे ।

संसद्मा उठेका प्रश्नको जवाफ दिने क्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले आक्रोश, कुण्ठा र निम्छरा प्रश्नको उत्तर दिने भनेपछि कांग्रेसका सांसद्ले संसद् अवरुद्ध गरेका हुन् ।

कांग्रेसका सांसद्ले प्रधानमन्त्री ओलीले संसदीय मर्यादा उल्लंघन गरेको भन्दै संसद्मै नारावाजी गरेका थिए ।

नीति तथा कार्यक्रममाथि ६ वटा संशोधन प्रस्ताव पेश भएका थिए भने १२० जनाले बोलेका थिए ।