प्रुडेन्सियल इन्स्युरेन्सको शेयर बिक्री गर्दै महालक्ष्मी विकास बैंक

प्रुडेन्सियल इन्स्युरेन्सको शेयर बिक्री गर्दै महालक्ष्मी विकास बैंक

लोकसंवाद संवाददाता  |  कारोबार  |  भदौ ३०, २०७८

महालक्ष्मी विकास बैंकले आफ्नो स्वामित्वमा रहेको प्रुडेन्सियल इन्स्युरेन्सको संस्थापक शेयर बिक्री गर्ने भएको छ । बैंकले १ असोजदेखि कम्पनीको ७० हजार ६६९ कित्ता संस्थापक शेयर लिलामीमा बिक्री गर्न लागेको हो । 

यसमा न्यूनतम ५०१ रुपैयाँ भाउमा लगानीकर्ताले न्यूनतम १०० कित्ता र अधिकतम सम्पूर्ण कित्ताका लागि पनि आवेदन दिन सक्नेछन् । यो शेयर विद्यमान संस्थापक वा जोकोही व्यक्ति, कम्पनी, संघसंस्थाले आवेदन दिन सक्नेछन् । बैंकको बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटल नारायणचौर नक्साल, काठमाडौंमा पुग्ने गरी पेस गर्नुपर्नेछ । त्यसका लागि १५ असोजसम्म बोलपत्र पेस गर्न सकिनेछ ।