केजरीवाललाई थप्पड हान्ने आफ्नै कार्यकर्ता !!

केजरीवाललाई थप्पड हान्ने आफ्नै कार्यकर्ता !!

लोकसंवाद संवाददाता  |  समाचार  |  बैशाख २४, २०७६

२०१९ मे ४ का दिन दिल्लीका मुख्यमन्त्री अरबिन्द केजरीवाल एउटा चुनावी रोड शो मा भाषण गर्दै थिए । सुरेश चौहान नाम गरेका एक युवकले उनको गालामा थप्पड हाने । यो निकै चर्चाको विषय बन्यो । यसलाई केजरीवालले भाजपाको करतूत भएको बताएका थिए । 

कतै यो थप्पड काण्ड केजरीवालको पब्लिसिटी स्टन्ट त होइन भन्ने हल्ला पनि चल्यो । यो केजरीवालको पब्लिसिटी स्टन्ट नै हो भन्ने यकिन गर्न नसकिए पनि अहिले बाहिर आएको एउटा भिडियोमा सुरेश आम जनता पार्टी (आप)को कार्यकर्ता भएको र आपको चुनावी सभामा नियमित भाग लिने गरेको पाइएको छ । पश्चिमी दिल्लीको एउटा सभामा उनले सम्बोधन गरेको समेत बताइएको छ । 

यस सम्बन्धमा भारतीय पत्रिका द हिन्दुले एउटा भिडियोको चर्चा गर्दै भनेको छ, यो तस्वीर दिल्लीको मोतीनगरको हो जहाँ सुरेशले आफ्नो घाँटीमा आपको गलबन्दी भिरेको देखिएको छ । साथै उनी केजरीवालको गाडीको निकै नजिक पनि देखिएका छन् । 

तर आप नेता संजय सिंहले दिल्लीको पुलिस आयुक्त अमूल्य पटनायकलाई यो आरोप कपोल कल्पित भएको र थप्पड हान्ने सुरेश आपको कार्यकर्ता नभएको तथा यो झुठो आरोप भाजपा र कांग्रेसले लगाएको पनि बताए । 

स्थानीय तवरमा बुझ्दा सुरेश आपको आधिकारिक कार्यकर्ता नभएको तर आपको चुनावी सभा व्यवस्थापनमा खटिने गरेका थिए । 

पुलिसले यो घटनाका बारेमा उनलाई सोध्दा पार्टीका नेता घमण्डी भएको र केजरीवाल पनि पार्टीप्रति उत्तरदायी नभएका कारण आफूले जानी बुझी नै थप्पड हानेको बताए । 

उनलाई धारा ३२३ को उपधारा १५३ अन्र्तगत कारवाहीका लागि सिफारिश गरिएको छ ।