मादी हत्या प्रकरणमा प्रहरीले भन्यो: लोकबहादुरबाहेक कोही पक्राउ परेको छैन

मादी हत्या प्रकरणमा प्रहरीले भन्यो:  लोकबहादुरबाहेक कोही पक्राउ परेको छैन

लोकसंवाद संवाददाता  |  अपराध  |  भदौ ३१, २०७८

संखुवासभाको मादी नगरपालिका- १ उम्लिङका तेजबहादुर कार्कीको परिवारका ६ जनाको हत्याको अभियोगमा पक्राउ परेका लोकबहादुर कार्कीका भाइ नरेश कार्की पक्राउ परेको भनेर आएका खबरको प्रहरीले खण्डन गरेको छ । 

विभिन्न संचार माध्यममा तेजबहादुर कार्कीका परिवारको सामूहिक हत्याको अभियोगमा पक्राउ परेका लोकबहादुर कार्कीका भाइ पनि पक्राउ परेको समाचार सार्वजनिक भएपछि संखुवासभा प्रहरीले नरेश पक्राउ नपरेको जानकारी गराएको हो ।

संखुवासभा प्रहरीले बिहीबार विज्ञप्ति जारी गरी घटनाको अनुसन्धानका लागि लोकबहादुर कार्कीबाहेक अरू कोही पक्राउ नपरेको जनाएको हो ।