जीवन मुकारुङको 'जवानी मनलाई' नामक म्युजिक भिडियो  सार्वजनिक (भिडियोसहित)

जीवन मुकारुङको 'जवानी मनलाई' नामक म्युजिक भिडियो  सार्वजनिक (भिडियोसहित)

लोकसंवाद संवाददाता  |  लोकरञ्जन  |  भदौ ३१, २०७८

काठमाडौँ ।  गीतकार जीवन मुकारुङको गीत 'जवानी मनलाई फुलैमा सारी' बोल को गीत सार्वजनिक भएको छ ।  अशोक मुकारुङ र जुनी खालिङ राईको स्वर रहेको गीतमा कृष्णभक्त राई को सङ्गीत र सङ्गीत संयोजन रहे को छ । अशोक मुकारुङ र जुनी खालिङ राईकै अभिनय रहेको म्युजिक भिडियोसमेत सार्वजनिक भएको हो ।

दुर्गा  बान्तवा र मनोज राईको सिनेम्याटोग्राफी र जीवन मुकारुङ ले  सम्पादन गरेको  भिडियो जुनी खालिङ राईको युट्युब च्यानलमा राखिएको छ । सिंगापुर पुलीसमा दुई दशक बिताएका गीतकार  जीवन मुकारुङको यस अघि तिन एल्बम एक गीति पुस्तक र एक सयभन्दा बढी गीत रेकर्ड भई सकेका छन् । 

म्युजिक भिडियो यहाँ क्लिक गरेर हेर्न सकिन्छ ।