एनसेललाई लाभकर नतिर्न सर्वोच्चको अन्तरिम आदेश

एनसेललाई लाभकर नतिर्न सर्वोच्चको अन्तरिम आदेश

लोकसंवाद संवाददाता  |  समाचार  |  बैशाख २५, २०७६

काठमाडौं । सर्वोच्च अदालतले यसअघिको बृहत् पूर्ण इजलासको परमादेशलाई प्रतिकूल हुनेगरी एनसेल आजिएटालाई लाभाकर नतिर्न अन्तरिम आदेश जारी गरेको छ ।

न्यायाधीशद्वय सपना प्रधान मल्ल र प्रकाशकुमार ढुंगानको संयुक्त इजलासले ठूला करदाता कार्यालयले एनसेल आजिएटालाई तोकेको कर नतिर्न सोमबार अन्तरिम आदेश दिएको हो ।

सर्वोच्चको यो आदेशले यसअघि बृहत् पूर्ण इजलासले दिएको परमादेशलाई चुनौती दिएको छ । सरकारलाई बाँकी रहेको पुँजीगत लाभकर तिर्न आनाकानी गरेको एनसेलले मागेअनुसार अन्तरिम आदेश भएको हो । बृहत् पूर्ण इजलासको परमादेशअनुसार ठुला करदाता कार्यालयले लाभकरबापतको बाँकी ३९ अर्ब रुपैयाँ तिर्न एनसेललाई ताकेता गरेको समाचार आजको नागरिक दैनिकमा भाषा शर्माले लेखेकी छन् ।