हेम सागर पोखरेलका हाइकुहरू

हेम सागर पोखरेलका हाइकुहरू

हेमसागर पोखरेल  |  साहित्य  |  आश्विन १, २०७८

    १
पिरको बिस्कुन
अन्योलको बाछिटा
ढाडियो मन !

     २
समुद्री आँधी
भयभीत वस्तिमा
अनिदो रात !

       ३
साना चिचिला
ढेडुको सैसैलामा
निरस रूख !

      ४
लाल सी दृश्य
आकर्षणको छहारी
औँठी चिनो !

       ५
विजयी ढोँग
लुटेका फूल थुङ्गा
विक्षिप्त मन !

      ६
सुरुङ कप्दै
हिंसाको उल्लासमा
मिथ्या दौडान !

    ७
क्रूर भुमरी
वियोगी सुसेली
चिसो क्रन्दन !

        ८
भिजेको रात
साउने झरी सङ्गै
ढाडिए खुसी !

     ९
सुनौलो फूल
मल पानीको चास
कठ्यौरी बास !

    १०
चम्किलो ज्योति
लुम्बिनीको सन्देश
विश्वमा शान्ति !


खोटाङ-रावाबेंसी