आख्यान–अनुवाद गोष्ठी  गण्डकीमा

आख्यान–अनुवाद गोष्ठी  गण्डकीमा

लोकसंवाद संवाददाता  |  समाज  |  बैशाख २५, २०७६

पाेखरा । यही २०७६ वैशाख २१ गते शनिवारका दिन गण्डकी प्रदेशको राजधानी पोखरामा नेपाल प्रज्ञा–प्रतिष्ठानसँगको सहकार्यमा अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) नेपाल च्याप्टरद्वारा ‘नेपाली आख्यान साहित्यमा अनूदित कृतिहरू’ विषयक विचार गोष्ठी  सम्पन्न भएकाे  छ ।

गोष्ठीमा बोल्दै प्रज्ञा–प्रतिष्ठान आख्यान विभाग प्रमुख माया ठकुरीले नेपाली साहित्यिक कृतिहरूले पनि विश्वसाहित्य जबारमा प्रतिस्पर्धा गर्न सक्ने बताउनुभयो । 

प्रज्ञा–प्रतिष्ठानकै अनुवाद विभाग प्रमुख प्रा‍.डा. उषा ठाकुरले नेपाली साहित्य गुणस्तरीय भए पनि अनुवाद र आवश्यक प्रचार–प्रसार नहुँदा विश्वबजारमा परिचित हुन नसकेको बताउनुभयो । 

गोष्ठीमा डा. नवराज न्यौपानेले ‘नेपाली आख्यान साहित्यमा अनूदित कृतिहरू’ विषयक कार्यपत्र प्रस्तुत गर्नुभएको थियो । सो अवसरमा प्रा.डा. यामबहादुर पौडेल क्षेत्री, भाषाविद् मुकुन्दशरण उपाध्याय, अनेसास निवर्तमान अध्यक्ष पदम विश्वकर्मा, अनेसास नेपाल च्याप्टर महासचिव सन्ध्या पहाडी लगायतले बोल्नुभएको थियो । 

यस्तै, अनेसासका केन्द्रीय अध्यक्ष राधेश्याम लेकाली, बेलायत च्याप्टर अध्यक्ष सुमलकुमार गुरुङ, गण्डकीका अध्यक्ष दुर्गाबहादुर शाह बाबा,सचिव असफल गौतम, साहित्यकार गोविन्द गिरी प्रेरणा, डा. रेणु थापा ‘सोलु’, ज्ञानु अधिकारी, गीता मैनाली, गीता कार्की लगायतले पनि आ–आफ्ना विचारहरु राख्नु भएको थियो ।