काँग्रेसको जागरण अभियानमा आजबाट जुट्दै

काँग्रेसको जागरण अभियानमा आजबाट जुट्दै

लोकसंवाद संवाददाता  |  समाचार  |  बैशाख २५, २०७६

प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेस आज २०७६ साल बैशाख २५ गते  बुधबारबाट देशभर देखि एकसाथै देशव्यापी रुपमा ‘राष्ट्रिय जागरण अभियान’  अभियान शुरु गर्ने जनाएको छ ।

दुईतिहाई सरकारविरुद्ध खबरदारी तथा  पार्टीको संगठन सुदृढीकरण गर्ने उद्देश्यका साथ  ‘हिमाल, पहाड, तराई–मधेसी नेपाली काँग्रेस राष्ट्रिय जागरण अभियान’ को नारा दिएर यो अभियान चलाउन लागि नेपाली काँग्रेसले जानकारी दिएको छ । 

नेपाली कांग्रेसका अनुसार यो अभियान तीन चरणमा वर्षभरि नै सञ्चालन गर्ने कार्ययोजना बनाइएको छ ।  

बैशाख २५ गते बुधबारबाट शुरु हुने  पहिलो चरणको कार्यक्रम जिल्ला सदरमुकाम केन्द्रीत रहने, दोस्रो चरण निर्वाचन क्षेत्र  स्तरमा र तेस्रो चरणको अभियान स्थानीय तह केन्द्रीत गरेर अभियान सञ्चालन गर्ने कुरा  नेपाली काँग्रेसले जानकारी गराएको छ । आज बैशाख २५ गतेबाट सुरु भएको यो पहिलो चरणको अभियान जेठ २५ गतेसम्म एक महिना सञ्चालन हुनेछ ।  

जसका लागि जिल्लामा खटाइएका केन्द्रीय प्रतिनिधिलाई एक महिनासम्म जिल्ला अनिवार्य रुपमा बस्न पार्टीले निर्देशन  समेत दिएको जनाएको  छ । 

त्यसैगरी यो अभियानको दोस्रो चरण २०७६ भदौ २४ गते बीपी जयन्तीको दिनदेखि शुरु गरी असोज ७ सम्म सञ्चालन गरिनेछ भने  तेस्रो चरण पुस ७ देखि पुस १६ गते मेलमिलाप दिवससम्मका जागरण अभियान जारी राख्ने नेपाली कांग्रेसले कार्यसचूी सार्वजनिक गरिसकेको छ ।  

त्यसका लागि यसभन्दा अघि नै  नेपाली काँग्रेसले प्रत्येक जिल्लामा केन्द्रीय प्रतिनिधि खटाइ सकेको छ ।पार्टीका  शीर्ष नेताहरुले सातवटै प्रदेशबाट अभियानको आरम्भ गर्ने कार्यक्रम समेत रहेको  नेपाली काँग्रेसले जानकारी दिएको छ । पार्टी प्रवत्ता   विश्वप्रकाश शर्माले सञ्चारकर्मीलाई उपलब्ध गराइएको जानकारी अनुसार पार्टी सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, उपसभापति विमलेन्द्र निधि, विजय गच्छदार, महामन्त्री शशांक कोइराला, पूर्णबहादुर खड्का र कोषा अध्यक्ष सीतादेवी यादवलाई सात प्रदेशमा हुने कार्यक्रमका लागि प्रमुख अतिथिका रूपमा भाग लिई अभियानको शुभारम्भ गर्ने कार्यक्रम रहेको छ । 

जस अनुसार सभापति देउवा प्रदेश नम्बर ३, वरिष्ठ नेता पौडेल प्रदेश नम्बर २, उपसभापति विमलेन्द्र निधि सुदूरपश्चिम प्रदेश, उपसभापति विजयकुमार गच्छदार प्रदेश नम्बर १, महामन्त्री सशांक कोइराला प्रदेश नम्बर ५, महामन्त्री पूर्णबहादुर खड्का गण्डकी प्रदेश  र कोषाध्यक्ष सीतादेवी यादव कर्णाली प्रदेशमा गई एकै किसिमले जागरण अभियानको शुभारम्भ गर्नु तय भएको छ ।  

कुन जिल्लामा को छ केन्द्रीय प्रतिनिधी 

नेपाली कंग्रेसले दिएको जानकारी अनुसर यो जागरण अभियानको लागि निम्न जिल्लमा निम्न अनुसारका केन्द्रीय प्रतिनिधिलाई खटाएको छ । जस अनुसार 

प्रदेश नं १ का १४ जिल्ला ताप्लेजुङमा - सरिता प्रसाई, पाँचथर लक्ष्मी परियार इलाम - अमृत अर्याल, संखुवासभा- सिता गुरुङ, तेह्रथुम- हसन अन्सारी, धनकुटा- डा. नारायण खड्का, भोजपुर- रामहरि खतिवडा, खोटाङमा -उदयशम्शेर राणा, सोलुखुम्बु- लक्ष्मी राई,ओखलढुंगा- मिनाक्षी झा, उदयपुर- प्रदीप गिरी, झापा- ज्ञानेन्द्रबहादुर कार्की, मोरङ- कृष्णप्रसाद सिटौला र सुनसरीमा-  महेश आचार्यले   अभियानकाे अगुवाई गर्नुहुने५ । 

त्यसैगरी  प्रदेश नं २ का ८ जिल्लाका लागि सप्तरीमा आनन्दप्रसाद ढुंगाना, सिरहा- महेन्द्र यादव, धनुषा- बलबहादुर के.सी., महोत्तरी- चित्रलेखा यादव,सर्लाही- महालक्ष्मी उपाध्याय ‘डिना’, रौतहट- रमेश रिजाल, बारा- प्रकाशमान सिंह, पर्सा- फरमूल्लाह मन्सुरलाई पठईएकाे छ । 

प्रदेश नं ३ का १३ जिल्लाका लािग दोलखामा - रामकृष्ण यादव, रामेछाप- किरण यादव, सिन्धुली- डा. रामशरण महत, काभ्रेपलाञ्चोक- डा. शेखर कोइराला, सिन्धुपाल्चोक- अम्बिका बस्नेत, रसुवा- जीवन परियार, नुवाकोट-मीन विश्वकर्मा, धादिङ- प्रदीप पौडेल, चितवन- रमेश लेखक, मकवानपुर- अर्जुननरसिंह के.सी., भक्तपुर-डा. मिनेन्द्र रिजाल, ललितपुर- सुरेन्द्रराज पाण्डे /  काठमाडौं-बालकृष्ण खाँडलाई  जिम्मा  दिइसकेकाे छ । 

गण्डकी प्रदेशका ११ जिल्लामा गोरखा- ध्यानगोविन्द रञ्जित, लम्जुङ-कमला पन्त,तनहुँ- नविन्द्रराज जोशी,कास्की-अर्जुनप्रसाद जोशी, मनाङ -कृष्णचन्द्र नेपाली, मुस्ताङ- बहादुरसिंह लामा,  पर्वत- चिनकाजी श्रेष्ठ, स्याङजा-गोविन्द भट्टराई, म्याग्दी- शुक्रराज शर्मा, बाग्लुङ- शंकर भण्डारी, नवलपुर (बर्दघाट सुस्तापूर्व) - दिपक गिरी हुनुहुन्छ । 

प्रदेश नं ५ का १२ जिल्लाहरुमा  नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) – राधेचन्द्र यादव,रुपन्देही-पुष्पा भुसाल, कपिलवस्तु- हरिप्रसाद नेपाल, पाल्पा-बालकृष्ण पाण्डे,अर्घाखाँची- दिपकुमार उपाध्याय,गुल्मी-अजयकुमार चौरसिया,  रूकुम (पूर्वी भाग) - रत्न शेरचन, रोल्पा- मानबहादुर विश्वकर्मा, प्यूठान- शिवराज जोशी, दाङ- मोहनबहादुर बस्नेत, बाँके-श्यामकुमार घिमिरे, बर्दिया डा. डिला संग्रौला  हुनुहुन्छ । 

कर्णालीका १० जिल्ला रूकुम (पश्चिम भाग)- राजनप्रसाद पन्त, सल्यान- पार्वता डी.सी. चौधरी, डोल्पा – कुमार खड्का, जुम्ला- रमा पौडेल, मुगु – दिनवन्धु श्रेष्ठ , हुम्ला – हृदयराम थानी,कालीकोट- डा. चन्द्र भण्डारी, जाजरकोट- ध्रुव वाग्ले, दैलेख – दिलबहादुर घर्ती, सुर्खेत- जीवनबहादुर शाही  र सुदूर पश्चिम प्रदेशका ९ जिल्लाका लागि बाजुरा- दिलेन्द्रप्रसाद बडू, बझाङ-मनमोहन भट्टराई,डोटी-शिवप्रसाद हुमागाँई, अछाम-गगनकुमार थापा  दार्चुला-अतहर कमाल मुसलमान, बैतडी- किरणराज शर्मा पौडेल, डडेल्धुरा-बीरबहादुर बलायर,  कञ्चनपुर- गुरुराज घिमिरे र कैलालीमा - एन.पी. साउदलाई ताेिकएकाे छ ।