एमाले सांसदको नाराबाजीबीच सभामुखले संसद् बैठकमा कार्यसूचीमा प्रवेश गराए

एमाले सांसदको नाराबाजीबीच सभामुखले संसद् बैठकमा कार्यसूचीमा प्रवेश गराए

लोकसंवाद संवाददाता  |  समाचार  |  आश्विन ४, २०७८

प्रमुख प्रतिपक्षी एमालेका सांसदहरूको नाराबाजीबीच सभामुख अग्निप्रसाद सापकोटाले प्रतिनिधिसभा बैठकमा कार्यसूचीमा प्रवेश गराएका छन् । 

लगातार एमाले सांसदहरूको नाराबाजी भएपछि महत्त्वपूर्ण विधेयक र अध्यादेश पेस हुन नपाएपछि सभामुख सापकोटाले बैठकमा कार्यसूचीमा प्रवेश गराएका हुन् ।अघिल्लो प्रतिनिधिसभा बैठकमा अर्थमन्त्री जनार्दन शर्माले पेस गरेको विनियोजन विधेयकलाई अघि बढाउने सभामुख सापकोटाको तयारी छ ।