स्पेनिस ला लिगा: बार्सिलोना र ग्रानडा भिड्दै

स्पेनिस ला लिगा: बार्सिलोना र ग्रानडा भिड्दै

लोकसंवाद संवाददाता  |  खेलकुद  |  आश्विन ४, २०७८

स्पेनिस ला लिगामा आज बार्सिलोनाले ग्रानडाको सामना गर्दै छ । 

मंगलबार राति हुने खेल बार्सिलोनाको घरेलु मैदान क्याम्प नोउमा नेपाली समयअनुसार राति पौने १ बजे सुरु हुनेछ । 

घरेलु मैदानमा बार्सिलोना तेस्रो जीतको खोजीमा हुनेछ । बार्सिलोनाले ३ खेल खेल्दा २ जीत र एक हार बेहोरेको छ । खराब सुरुवात गरेको बार्सिलोना ७ अंकसहित तालिकाको १०औँ स्थानमा छ । 

यता, भ्रमणकारी टाेली ग्रानडा भने पहिलो जीतको खोजीमा छ । ४ खेलमा ग्रानडाले हालसम्म जीत निकाल्न सकेको छैन । २ बराबर र २ खेलमा हार बेहोरेको ग्रानडा २ अंकसहित १७औँ स्थानमा छ । 

ग्रानडा बार्सिलोनालाई पराजित गर्दै कम्तीमा १४औँ स्थानमा उक्लन चाहन्छ । यता, बार्सिलोना समेत घरेलु मैदानमा सहज जीतसहित पाँचौँ स्थानमा उक्लने दाउमा छ । 
ग्रानडाविरुद्ध बार्सिलोनालाई मेम्फिस डेपाए, लुक डे जङ, फिलिप कौटिन्हो जस्ता खेलाडीको अग्रपंक्तिमा साथ रहनेछ । 

ला लिगामा ५ खेल खेलिसक्दा अपराजित रहेको रियल म्याड्रिड १३ अंकसहित शीर्षस्थानमा रहेको छ ।