आजको नेप्से: ४ वटा लघुवित्तबाहेक बढेनन्

आजको नेप्से: ४ वटा लघुवित्तबाहेक बढेनन्

लोकसंवाद संवाददाता  |  कारोबार  |  आश्विन ४, २०७८

पछिल्लो समय निरन्तर घट्दै आएको शेयर बजार सोमबार पनि उच्च अंकले घटेको छ । उच्च अंकले घटेको बजारमा ४ वटा कम्पनीको शेयर मूल्य बढेको छ, जसमा सबै लघुवित्त मात्र छन् ।

सो दिन मनकामना स्मार्ट, डिप्रोक्स, लक्ष्मी र नयाँ सारथि लघुवित्त वित्तीय संस्थाको शेयर मूल्य बढेको छ, जसमध्ये मनकामना स्मार्टको शेयर भने सर्किट लेभलमा किनबेच भएको छ । यस संस्थाको शेयर मूल्य ९.९९ प्रतिशतले बढेर प्रतिकित्ता ९८९.८० रुपैयाँ पुगेको छ, जुन अघिल्लो दिनको तुलनामा १५० रुपैयाँले बढी हो ।

त्यस्तै, डिप्रोक्सको २.०४ प्रतिशतले बढेर प्रतिकित्ता एक हजार ६४८ रुपैयाँ पुगेको छ । लक्ष्मीको १.९९ प्रतिशतले बढेर प्रतिकित्ता २ हजार २७ रुपैयाँ र नयाँ सारथिको २ रुपैयाँले बढेर प्रतिकित्ता एक हजार ४७२ रुपैयाँ पुगेको छ ।

सोमबार १८१ वटा कम्पनीको शेयर मूल्य भने घटेको छ, जसमध्ये २४ वटा कम्पनीको शेयर सर्किट लेभलमा कारोबार भएको छ ।

समग्रमा सोमबारको नेप्से परिसूचक २७०० बिन्दु तल झरेको छ । सो दिनको परिसूचक ११४.०२ बिन्दुले झरेर २६९८.२८ बिन्दुमा झरेको हो । कारोबार सुरु भएदेखि नै निरन्तर ओरालो लागेको परिसूचक अघिल्लो कारोबारको तुलनामा ४.०५ प्रतिशतले घटेको छ ।

त्यस्तै, बजारमा ८ अर्ब ४९ रुपैयाँभन्दा बढीको शेयर कारोबार भएको छ, जसमध्ये सबैभन्दा बढी अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको शृयर किनबेच भएको छ । यसको शेयर मूल्य प्रतिकित्ता ६०१ रुपैयाँ रहेको छ ।

कारोबारमा आएका सबै समूह राताम्मे देखिएका छन्, जसमध्ये जीवन बीमा समूह ८०० अंकले ओरालो लागेको छ ।