नेकपा (एस) बैठक : पार्टीको खाका कोर्न जुटे ५ समूह

नेकपा (एस) बैठक : पार्टीको खाका कोर्न जुटे ५ समूह
फाइल फोटो

न्युज कारखाना  |  समाचार  |  आश्विन ५, २०७८

नेकपा (एकीकृत समाजवादी) पार्टी अध्यक्ष माधवकुमार नेपालले राजनीतिक प्रतिवेदन पेस गरेका छन् । मंगलबारदेखि काठमाडौंमा सुरु भएको बैठकमा राजनीतिक प्रतिवेदनमाथि विभिन्न ५ समूहमा छलफल सुरु भएको केन्द्रीय सदस्य गरिमा शाहले जानकारी दिइन् । 

समूहमा २० देखि २१ जना केन्द्रीय सदस्य छन् । ‘आजदेखि राजनीतिक प्रतिवेदनमाथि समूहगत छलफल सुरु भयो’, उनले भनिन्, ‘भोलि राजनीतिक प्रतिवेदन पारित गर्छौं ।’ राजनीतिक प्रतिवेदन पारित गरिसकेपछि अरू एजेण्डामा बैठक प्रवेश गर्ने शाहले बताइन् । 

केन्द्रीय कमिटीको पूर्णता, जिल्ला इन्चार्ज तोक्ने, प्रदेश कमिटी अध्यक्ष चयन र आगामी कार्ययोजनालगायत बैठकका एजेण्डा छन् । नेकपा (एमाले)सँग पार्टी अलग भएपछि नेकपा (एस)को पहिलो पूर्ण बैठक बसेको हो । बैठक बुधबार ११ बजे पुनः बस्नेछ ।