साहस ऊर्जा लिमिटेडले बुधबार आईपीओ निश्कासन गर्ने

साहस ऊर्जा लिमिटेडले बुधबार आईपीओ निश्कासन गर्ने

लोकसंवाद संवाददाता  |  कारोबार  |  आश्विन ५, २०७८

साहस ऊर्जा लिमिटेडले बुधबार आईपीओ निश्कासन गर्ने भएको छ ।

कम्पनीले सर्वसाधारणका लागि ७० करोड रुपैयाँ बराबरको आईपीओ निश्कासन गर्न लागेको हो । कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका ७० लाख कित्ता साधारण शेयर निश्कासन गर्न लागेको हो ।

कुल शेयरमध्ये दुई लाख १० हजार कित्ता (३ प्रतिशत) शेयर कर्मचारीहरूका लागि र तीन लाख ५० हजार कित्ता (५ प्रतिशत) शेयर सामूहिक लगानी कोषका लागि छुट्याइएको छ । सर्वसाधारणले बाँकी ६४ लाख ४० हजार कित्ताका लागि आवेदन दिन सक्नेछन् ।

सर्वसाधारणले १० असोजसम्म आवेदन दिन सकिनेछ । पूर्ण आवेदन नपरेको खण्डमा २० असोजसम्म आवेदन दिने मिति लम्बिनेछ ।

कम्पनीका अनुसार न्यूनतम १० कित्ताका लागि आवेदन दिन सकिने र अधिकतम १० लाख ५० हजार कित्ताका लागि आवेदन दिन मिल्नेछ ।

कम्पनीको धितोपत्र निश्कासन तथा बिक्री प्रबन्धकमा एनआईबीएल एस क्यापिटल लिमिटेड रहेको छ ।