नागरिक लगानी कोषको संस्थापक शेयर पुनः बिक्री खुला

नागरिक लगानी कोषको संस्थापक शेयर पुनः बिक्री खुला

लोकसंवाद संवाददाता  |  कारोबार  |  आश्विन ६, २०७८

एनआईसी एसिया बैंकको स्वामित्वमा रहेको सीआईटी (नागरिक लगानी कोष)को संस्थापक शेयर पुनः बिक्री खुला भएको छ । बैंकले धेरै पटक लिलामीमा बिक्री खुला गर्दा नबिकेपछि आजदेखि पुनः बिक्रीमा ल्याएको हो । 

बैंकले ३ लाख ८१ हजार ९०२ कित्ता संस्थापक शेयर लिलामीमा बिक्री खुला गरेकामा न्यूनतम एक हजार १९७ रुपैयाँ भाउ राखेर आवेदन दिन सक्नेछन् ।

एनआईसी एसिया क्यापिटल बबरमहल, एनआईसी एसिया बैंकको केन्द्रीय कार्यालय थापाथली र शाखा कार्यालयहरू विराटनगर, वीरगंज, पोखरा, बुटवल, धनगढी र सुर्खेतबाट लिलामी आवेदन पेस गर्न सकिनेछ । यसमा १५ असोजसम्म बोलपत्र पेस गर्न सकिनेछ ।