सरकार बनेको ७२ दिनमा एक मन्त्री !

सरकार बनेको ७२ दिनमा एक मन्त्री !

लोकसंवाद संवाददाता  |  समाचार  |  आश्विन ६, २०७८

परराष्ट्रमन्त्रीमा नेपाली कांग्रेसका नेता डा. नारायण खड्का नियुक्त भएका छन् ।

खड्का परराष्ट्रमन्त्रीमा नियुक्त भएको जानकारीसहितको पत्र राष्ट्रपति समक्ष पठाइसकिएको प्रधानमन्त्री शेरबहादुर देउवाको सचिवालयले जनाएको छ ।

सत्ता गठबन्धनका नेताहरूको मंगलबार बसेको बैठकमा डा. खड्कालाई परराष्ट्रमन्त्री नियुक्त गर्ने सहमति भएको थियो ।

राष्ट्रपति कार्यालयले शपथ ग्रहण हुने समय तोक्न भने बाँकी रहेको देउवा निकट स्रोतले जानकारी दिएको छ ।

आजै कार्यभार सम्हालेर मन्त्री खड्का संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन न्युयोर्क जानेछन् ।