९०० रुपैयाँले बढ्यो सुन

९०० रुपैयाँले बढ्यो सुन

लोकसंवाद संवाददाता  |  कारोबार  |  आश्विन ६, २०७८

नेपाली बजारमा आज सुनको मूल्य ९०० रुपैयाँले बढेको छ । छापावाल सुन मंगलबार ८९ हजार २०० रुपैयाँमा कारोबार भएको थियो । नेपाल सुनचाँदी व्यवसायी महासंघले सार्वजनिक गरेको तथ्यांकअनुसार आज छापावाल सुनको मूल्य ९० हजार १०० रुपैयाँ तोकिएको छ ।

त्यस्तै, आज तेजाबी सुनको मूल्य प्रतितोला ८९ हजार ६५० रुपैयाँ कायम गरिएको छ । तेजाबी सुन मंगलबार प्रतितोला ८८ हजार ७५० रुपैयाँमा कारोबार भएको थियो । महासंघका अनुसार चाँदीको मूल्य मंगलबारका तुलनामा आज प्रतितोला २५ रुपैयाँले बढेको छ ।

चाँदी मंगलबार प्रतितोला एक हजार १४० रुपैयाँमा कारोबार भएको थियो । चाँदीको मूल्य आज प्रतितोला एक हजार १६५ रुपैयाँ तोकिएको छ । अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔँस एक हजार ७७७.५४ अमेरिकी डलरमा कारोबार भइरहेको छ, जुन समय समयमा परिवर्तन भइरहन्छ ।