हवाई कारबाहीमा परी यमनमा १२ हुथी विद्रोही मारिए

हवाई कारबाहीमा परी यमनमा १२ हुथी विद्रोही मारिए

एजेन्सी  |  विदेश  |  आश्विन ६, २०७८

केही दिनयतादेखि यमनमा त्यहाँ रहेको साउदी अरेबिया नेतृत्वको सेनाले हुथी विद्रोहीका विरुद्धमा कारबाहीलाई निरन्तरता दिएको छ । सो सेनाले यहाँ मंगलबार गरेको यस्तै कारबाहीमा परी १२ जना हुथी विद्रोहीहरू मारिएका बताइएको छ । सेनाले गत सोमबार पनि यहाँको मध्य क्षेत्रीय प्रान्त मारिबमा हुथीका विरुद्धमा कारबाही गरेको थियो ।  

सो सेनाले हुथी विद्रोहीहरू रहेका स्थानहरूको पहिचान गरी उक्त मारिब प्रान्तमा गरेको हवाई कारबाहीमा परी मंगलबार १२ जनाको ज्यान गएको बताइएको छ । त्यसैगरी सो क्षेत्रमा हुथीहरूका कार्यालय रहेका स्थानाहरूलाई पनि सेनाले ध्वस्त बनाएको बताइएको छ । 

सोमबार मात्र पनि साउदी अरेबिया नेतृत्वको सैन्य समूहले गरेको कारबाहीका क्रममा कम्तीमा पनि ३० जना हुथी विद्रोहीहरूको ज्यान गएको बताइएको थियो । यमन सरकारको सेनाले मंगलबार दिएको जानकारीअनुसार उक्त प्रान्तमा ठूलो संख्यामा हुथी विद्रोहीहरू रहेका सूचनाको आधारमा सो आक्रमण गरेको थियो । 

उक्त प्रान्तमा यसअघि पनि समय समयमा साउदी अरेबियाको नेतृत्वको सेनाले हमला गर्ने गरेको पनि बताइएको समाचारमा उल्लेख गरिएको छ । पछिल्लो समयमा मारिबमा हुथी विद्रोहीहरूले अखडा जमाउन थालेको बताइएको छ ।