बालुवाटार प्रकरणबारे बोले गच्छदार: 'राजनीतिक जीवन ध्वस्त बनाउने प्रयास भयो'

बालुवाटार प्रकरणबारे बोले गच्छदार: 'राजनीतिक जीवन ध्वस्त बनाउने प्रयास भयो'

लोकसंवाद संवाददाता  |  समाचार  |  आश्विन ६, २०७८

नेपाली कांग्रेसका उपसभापति विजयकुमार गच्छदारले राजनीतिक प्रतिशोध साँधेर आफूलाई फसाइएको बताएका छन् ।

बालुवाटार जग्गा प्रकरणमा मुछिएका गच्छदारले पत्रकार सम्मेलन गरेर बालुवाटार जग्गा प्रकरणमा आफूलाई फसाइएको र पूर्वाग्राह राखिएको दाबी गरे ।

न्यायालयबाट आफूमाथि न्याय प्राप्त हुनेमा पूर्ण विश्वास रहेको भन्दै उनले लामो षड्यन्त्र गरेर आफ्नो भविष्य, राजनीतिक जीवनलाई ध्वस्त बनाउने प्रयास भएको गुनासो पनि गरे ।

सरकारको उपप्रधानमन्त्रीको जिम्मेवारी पाउँदासमेत सरकारको कुनै खर्च नगरेको, कहिल्यै व्यक्तिगत स्वार्थका लागि काम नगरेको भन्दै उनले आफूलाई निराधार आरोप लगाइयो दाबी पनि गरे ।

आफ्नो राजनीतिक भविष्य समाप्त पार्न रचिएको षड्यन्त्रका आधारमा अख्तियारले आफूमाथि मुद्दा दायर गरेको भन्दै गच्छदारले कम्युनिस्ट सरकारको अधिनायकवादबाट यस्तो षड्यन्त्र भएको आरोप लगाए ।