बुधबार नेप्से १०४.८८ अंकले बढ्दै २८१६.९५ अंकको विन्दुमा

बुधबार नेप्से १०४.८८ अंकले बढ्दै २८१६.९५ अंकको विन्दुमा

लोकसंवाद संवाददाता  |  कारोबार  |  आश्विन ६, २०७८

बुधबार नेप्से १०४.८८ अंकले बढ्दै २८१६.९५ अंकको विन्दुमा रोकिएको छ ।

२१७ वटा कम्पनीको एक करोड २१ लाख २२ हजार २९८ कित्ता शेयर किनबेचबाट ६ अर्ब १७ करोड रुपैयाँको कारोबार भएको छ । यसैगरी सेन्सेटिभ परिसूचकसमेत १९.४७ अंकले बढ्दै ५२८.१० अंकमा कारोबार बन्द भएको छ । समूहगत परिसूचकतर्फ विकास बैंक समूहको सूचकांक ३८१.४२ अंकले बढेको छ ।

समूहगत परिसूचकतर्फ विकास बैंक समूहको सूचकांक ३८१.४२ अंकले बढेको छ । सबैभन्दा धेरै जीवन बीमा समूह ५५१.७५ अंक, यसैगरी नीर्जीवन बीमा ४४१.८७ अंक, वित्त कम्पनी २०७.९३ अंक, व्यापार समूह १३२ अंक, जलविद्युत १६९.४४ अंक, माइक्रोफाइनान्स कम्पनीको १७०.७३ अंक र बैंकिङ समूह करिब ६१ अंकले बढेको छ ।

आज १४ वटा कम्पनीको शेयर कारोबारमा सकारात्मक सर्किट ब्रेक लागेको छ, जसमा अधिकांस विका बैंक, फाइनान्स कम्पनी, लघुवित्त र जलविद्युत समूहका कम्पनी छन् । यसैगरी एक दर्जनभन्दा बढी कम्पनीको शेयर ९ प्रतिशतभन्दा बढीले बढेको छ ।

गुहेश्वरी मर्चेन्ट बैंक एण्ड फाइनान्स कम्पनी, बेस्ट फाइनान्स कम्पनी, सिन्धु विकास बैंक, कर्पोरेट डेभलपमेन्ट बैंक, आईसीएफसी फाइनान्स कम्पनीलगायतकाको कारोबारमा सकारात्मक सर्किट ब्रेक लागेको हो ।

हिजो नेपाल राष्ट्र बैंकले बैंकर्सलाई बोलाएर असोज महिना सुरु भएपछि व्याजदर बढ्नुको कारणबारे स्पष्टीकरण सोधेको थियो ।

आगामी महिनाको ब्याजदर अघिल्लो महिनाको मसान्तभित्र नै घोषणा गर्नुपर्ने भए पनि केही बैंक बिकास बैंकले बीचमा आएर ब्याजदर बढाएका थिए । असोजको सुरुदेखि बढाइएको व्याजदर तुरुन्त घटाउन निर्देशन दिँदै नेपाल राष्ट्र बैंकले अटेर गरेर हस्तक्षेप गर्ने चेतावनी दिएको थियो ।

नेपाल राष्ट्र बैंकको दबाबपछि असोज महिनामा मुक्तिनाथ बैंकलगायतका बैंकले ब्याजदर घटाएका छन् । बुधबारको शेयर बजार परिसूचक नेप्सेमा त्यसकै असर परेको विश्लेषकहरू बताउँछन् ।