कांग्रेस पदाधिकारी बैठक: महाधिवेशन कार्यतालिका संशोधन गर्नेबारे छलफल हुँदै

कांग्रेस पदाधिकारी बैठक: महाधिवेशन कार्यतालिका संशोधन गर्नेबारे छलफल हुँदै

लोकसंवाद संवाददाता  |  समाचार  |  आश्विन ६, २०७८

सत्तारुढ नेपाली कांग्रेसको पदाधिकारी बैठक सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा सुरु भएको छ । सभापति शेरबहादुर देउवासहित पदाधिकारी र पूर्वपदाधिकारी नेताहरू बैठकमा छन् ।

हालसम्म वडा अधिवेशन भएका र हुन बाँकी सबै जिल्लामा एकसाथ पालिकास्तरीय अधिवेशन गर्नेगरी महाधिवेशन कार्यतालिका संशोधन गर्नेबारे बैठकमा छलफल हुँदै छ ।

बैठकमा मन्त्रिपरिषद् विस्तारको विषयमा पनि छलफल हुने नेताहरूले बताएका छन् । यस बैठकमा गैरआवासीय नेपालीको महाधिवेशनका बारेमा समेत छलफल हुने भएको छ ।