‘वर्ल्ड हाप्किडो च्याम्पियनसिप’का लागि ९ खेलाडी छनोट

‘वर्ल्ड हाप्किडो च्याम्पियनसिप’का लागि ९ खेलाडी छनोट

लोकसंवाद संवाददाता  |  खेलकुद  |  आश्विन ७, २०७८

नेपालले आगामी महिना रसियामा आयोजना हुने ‘वर्ल्ड हाप्किडो च्याम्पियनसिप’मा भाग लिने भएको छ । पोखरामा एक महिनाअघिदेखि संचालन भएको बन्द प्रशिक्षणमा सहभागी २० जना खेलाडीमध्येबाट च्याम्पियनसिपका लागि ९ जना खेलाडी छनोट गरिएको नेपाल मार्सल आर्टस् हाप्किडो संघले जनाएको छ ।

बन्द प्रशिक्षण समापनका अवसरमा नेपालको प्रतिनिधित्व गर्दै प्रतियोगितामा सहभागी हुने खेलाडीलाई बुधबार गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले पोखराबाट बिदाइ तथा च्याम्पियनसिपमा सफलताको शुभकामना व्यक्त गरे । रसियाको सेन्ट पिटर्सवर्गमा आगामी ५ देखि ७ कात्तिकसम्म हाप्किडोको च्याम्पियनसिप आयोजना हुँदै छ ।

नेपाल मार्सल आर्टस् हाप्किडो संघ गण्डकीका उपाध्यक्ष तारा थापामगरले एक महिना लामो बन्द प्रशिक्षण समापन गरिएको र केही दिनको आरामपछि पुनः रसिया जानु १० दिन अगाडि काठमाडौंमा प्रशिक्षण संचालन गरिने जानकारी दिए । उनका अनुसार हाप्किडो संघका प्रमुख प्रशिक्षक सुस्मिता गुरुङ नेतृत्वमा रसिया जाने खेलाडीमा ४ जना महिला र ४ जना पुरुष खेलाडी छन् । 

सहभागी हुने खेलाडीमा भुवन बुढामगर (लुम्बिनी), प्रवीण गुरुङ (बाग्मती), कृति गिरी (गण्डकी), विजयाकुमारी वाइबा (प्रदेश १), गंगा घर्तीमगर (लुम्बिनी), नवीना श्रेष्ठ (लुम्बिनी), गुमान घर्तीमगर (लुम्बिनी) र गणेश केसी (लुम्बिनी) छन् ।