राजेन्द्र राई सचिव थपिए नेकपा (एस)मा

राजेन्द्र राई सचिव थपिए नेकपा (एस)मा

लोकसंवाद संवाददाता  |  समाचार  |  आश्विन ७, २०७८

नेकपा (एकीकृत समाजवादी)को पदाधिकारीमा हेरफेर गरिएको छ । उपाध्यक्षको संख्या ६ पुगेको छ भने सचिवमा एक जना थपिएका छन् ।

केन्द्रीय कमिटीमा नेताहरू राजेन्द्र पाण्डे, प्रमेश हमाल, धर्मनाथ साह र जयन्ती राई उपाध्यक्ष, बेदुराम भुसाल महासचिव, गंगालाल तुलाधर, प्रकाश ज्वाला र विजय पौडेललाई उपमहासचिव र केशलवलाल श्रेष्ठ, जगन्नाथ खतिवडा, नागेन्द्र चौधरी र रामकुमारी झाँक्रीलाई सचिव प्रस्ताव गरिएको थियो ।

राजेन्द्र राईलाई पदाधिकारीमा नराखेको भन्दै पार्टीभित्रै असन्तुष्टि देखिएपछि पदाधिकारी हेरफेर गरिएको एक नेताले बताए । उनका अनुसार सचिवमा प्रस्तावित केशवलाल श्रेष्ठ र घनेन्द्र बस्नेतलाई उपाध्यक्ष बनाइएको छ ।

अध्यक्ष माधवकुमार नेपाल र वरिष्ठ नेता झलनाथ खनालपछि मुकुन्द न्यौपानेलाई राख्ने सहमति जुटेको उनले बताए ।