उत्साहहीन प्रधानमन्त्री रोजगार कार्यक्रम

उत्साहहीन प्रधानमन्त्री रोजगार कार्यक्रम

लोकसंवाद संवाददाता  |  समाचार  |  बैशाख २५, २०७६

काठमाडौँ – सरकारले ठूलो तामझामका साथ घोषणा गरेको को उपादेयता शुन्यप्रायः देखिएको छ ।

कार्यक्रममा सहभागी हुन फर्म भर्ने म्याद वैशाख मसान्तसम्म रहे पनि सहभागिता खासै देखिएन । उल्लेख्य सहभागिता नभएका कारण तत्काल फर्म भर्नको लार्गिे काठमाडौँ महानगपालिकाले आग्रह गरेको छ ।

यही वैशाख मसान्तसम्म फाराम भर्ने समयसीमा रहेको र सरकारले पहिलो पटक ल्याएको कार्यक्रम भएकाले धेरै व्यक्तिले पर्याप्त जानकारी नपाएका कारण पनि छुटेको हुनसक्ने ठानी  कामपाले आग्रह गरेको हो ।

‘३२ वडा रहेको कामपामा अहिलेसम्म जम्मा २७० जनाले मात्रै यस कार्यक्रममका लागि फारम भरेका छन्, यो सङ्ख्या अत्यन्तै कम हो’, महानगर प्रमुख विद्यासुन्दर शाक्यले भने, ‘जानकारी नभएर पनि धेरैले आवेदन फारम भर्न नसक्नु भएको हो भने तत्काल भर्नुस् अझै केही दिन बाँकी छ ।’

नेपाल अधिराज्यको संविधान २०७५मा रोजगारीलाई मौलिक हकको रुपमा व्याख्या गरिएको छ । 

स्थानीय स्तरमा विकास निर्माणका काम गर्दा स्थानीयलाई रोजगारीको अवसर दिने यसको उद्देश्य हो । 

रोजगारीको अवसर नपाएका वा एक आर्थिक वर्षमा न्यूनतम सय दिन रोजगारमा संलग्न नभएका परिवार, परिवारका सदस्य कोही पनि रोजगारी नभएका, परिवारका कुनै पनि सदस्य वैदेशिक रोजगारीमा नगएकाले यसका लागि आवेदन फारम भर्न पाउने कानूनी व्यवस्था छ ।

आवेदनका आधारमा आगामी आर्थिक वर्षदेखि लाभग्राही परिचयपत्र प्रदान गरिने छ ।

उक्त कार्यक्रम गत फागुन १ गते प्रधानमन्त्रीले उद्घाटन गरेका थिए ।

सूचीमा परेकाले १०० दिनको काम पाउने, काम नपाउनेले निर्वाह भत्ता पाउने व्यवस्था प्रधानमन्त्री रोजगार कार्यक्रममा रहेको छ ।
यसका लागि बेरोजगार नागरिक सम्बन्धित वडाको वडा कार्यालयमा गएर फारम भर्नुपर्ने छ ।