कम्युनिस्ट फुटको शृंखला: दरभङ्गा बैठकदेखि मशाल गठनसम्म, २ टुक्राबाट अनेक टुक्रामा

कम्युनिस्ट फुटको शृंखला: दरभङ्गा बैठकदेखि मशाल गठनसम्म, २ टुक्राबाट अनेक टुक्रामा

घनेन्द्र ओझा  |  दृष्टिकोण  |  आश्विन ७, २०७८

२०१७ फागुन-चैतमा भारतको दरभङ्गामा बसेको पार्टीको विस्तारित बैठकले नौ महिनाभित्र पार्टीको तेस्रो महाधिवेशन गर्ने निर्णय गरेको थियो तर तोकिएको समयमा महाधिवेशन हुन सकेन । 

पार्टीभित्र बहुमत र अल्पमतबीच विवाद बढ्न झनै थाल्यो । अल्पमतको अगुवाइमा २०१९ वैशाख ४-१५ मा भारतको वनारसमा तेस्रो महाधिवेशन गरियो ।

महाधिवेशनमा पुष्पलालले विघटित संसद पुनस्र्थापनाको नारा प्रस्तुत गरे भने मोहनविक्रम सिंहका तर्फबाट बलराम उपाध्यायद्वारा संविधानसभाको चुनावको नारा प्रस्तुत गरिएको थियो । महाधिवेशबाट केशरजंग रायमाझी, शम्भुराम श्रेष्ठ र डीपी अधिकारीलाई ३, १ र २ वर्षका लागि पार्टीबाट निश्कासन गरियो । यही कारण पार्टी विभाजन भयो ।

यस महाधिवेशनले अमात्यलाई पार्टी महासचिव निर्वाचित गरेर पुष्पलाल, मनमोहन अधिकारी, हिक्मतसिंह भण्डारी, कृष्णराज वर्मा, मोहनविक्रम सिंह र कमलराज रेग्मी गरी सात सदस्यीय सचिवालयमा निर्वाचित गर्‍यो । अधिकारी, वर्मा र सिंह भने त्यस बेला जेलमा थिए ।

तेस्रो महाधिवेशनपछि फुटको असर नेपाली कम्युनिस्ट आन्दोलनमा नराम्ररी पर्दै गयो । पुष्पलाल र तुलसीलालबीचको अमझदारी चर्किंदै गयो । महासचिव अमात्य र वरिष्ठ नेता पुष्पलालका बीच आरोप-प्रत्यारोप सुरु भयो । उनीहरू ‘कुन बाटो ?’ र ‘मूलबाटो’ पुस्तक नै लेखेर आरोप-प्रत्यारोपमा उत्रिन थाले । यही किचलो बढ्दै गएपछि २०२५ जेठमा भारतको गोरखपुरमा तेस्रो सम्मेलनको आयोजना गरेर पुष्पलालले बेग्लै पार्टीको घोषणा गरे ।

त्यस बेला पुष्पलालको पार्टीलाई ‘चीनमुखी’ भनेर चिनिन्थ्यो भने रायमाझीको पार्टीलाई ‘रुसमुखी ।’ 

अब नेकपा फुटको शृङ्खलाले निरन्तरता पाउन थाल्यो । सैद्धान्तिक भन्दा पनि ‘जुँगाको लडाइँ’, पदको आकाङ्क्षाले पार्टी विभाजन हुन थाल्यो । एकले अर्कालाई ‘गद्दार’ भन्दै अलग्गिने क्रम सुरु भयो । अन्ततः २०२५ सालमै तुलसीलाल अमात्य र पुष्पलाल पनि छुट्टिए । 

२०२८ सालमा झापा जिल्ला कमिटी र केन्द्रीय न्युक्लियसका रूपमा कम्युनिस्ट पार्टी खुले । झापा कमिटीको नेतृत्व सीपी मैनालीले गरे । मैनालीहरूले किसान आन्दोलनलगायतका नाममा पञ्चायत फाल्न चर्चित ‘झापा विद्रोह’ सुरु गरे । २०२८ सालमै भापा विद्रोहका क्रममा केपी शर्मा ओली पनि देखिए । उनी त्यसताका सक्रिय युवा नेता थिए । 

अर्कातिर मोहनविक्रम सिंहले ‘राष्ट्रियता’को मुद्दा ‘क्यास’ गर्न भारतीय विस्तारवाद र सामन्तवादविरुद्ध आफूलाई उभ्याए । 

त्यस बेला कुनै धारमा नरहेका तर पुष्पलालसँग केही समय सँगै रहेका पुष्पकमल दाहाल केही समयपछि मोहनविक्रम सिंहको चौथो महाधिवेशनमा सक्रिय भए ।

सानातिना मतभेद, विवाद र असन्तुष्टिमै निकै सजिलो गरी नेपाली कम्युनिस्ट पार्टी फुट्न थाले । निर्दलीय पञ्चायतको बिगबिगी रहेका बेला निर्दलीयता र निरङ्कुशताका विरुद्धमा उभिएर सङ्घर्ष गर्नुपर्ने राजनीतिक शक्तिहरू आपसी लडाइँमा रुमल्लिएर प्याट्टप्याट्ट फुट्न थालेपछि निर्दलीयता पक्षधर दरबार र पञ्चेहरू खुसी नहुने कुरै भएन ।

नेकपा मालेले भने जनमतसङ्ग्रह बहिस्कार गरेको थियो । पुष्पलालको निधनपछि उनको पार्टीमा बलराम उपाध्याय र सहाना शीर्ष तहमा रहे ।  यही समूह पछि २०४३ सालमा आएर मनमोहन अधिकारीको पार्टीसँग एकता भई नेकपा (मार्क्सवादी) गठन भयो

दरबारले नेपालका राजनीतिक शक्तिहरूमाथि यसरी खेल्यो कि त्यस बेलाका प्रमुख राजनीतिक शक्तिहरूलाई छिन्नभिन्न पार्न सफल भयो दरबार । राजनीतिक शक्तिहरू कमजोर बनाइएपछि निर्दलीय पञ्चायतले आरामले ३० वर्षसम्म एकछत्र शासन गर्न सफल भयो । कांग्रेसभित्र पनि मनभेद र मतभेदको शृङ्खला चलिरहेकै थियो, यता कम्युनिस्ट पार्टीहरूमा पनि टुटफुट भइसकेपछि निकै ठूलो मद्दत गरेको देखिन्छ राजा महेन्द्र र वीरेन्द्रलाई ।

नेपाली कम्युनिस्ट पार्टीका शीर्ष नेताहरू यसबीचमा आआफ्नै खेमा बनाउन सक्रिय रहे । २०३० सालमा मजदुर किसान सभा बन्यो भने सोही वर्ष कम्युनिस्ट एकता सम्पर्क समिति नेपाल निर्माण भयो । उता, २०३३ सालमा सर्वहारा क्रान्तिकारी सङ्गठन  र मुक्ति मोर्चा समूह जस्ता टुक्रे खुद्रे कम्युनिस्ट समूहहरूले अस्तित्व देखाए ।

केशरजंग रायमाझी त्यतिबेलासम्म ‘दरबारिया कम्युनिस्ट’का नाममा परिचित भइसकेका थिए । तर पनि उनमा ‘कम्युनिस्ट’को खोल नओढी नहुने ‘बाध्यता’ थियो । यसर्थ रायमाझी समूहले पनि २०२३ सालमा छुट्टै तेस्रो केन्द्रीय सम्मेलन आयोजना गर्‍यो र २०२४ सालमा महाधिवेशन सम्पन्न भयो । 

राजम महेन्द्रको पुस १ को कदमपछि जेल परेका मनमोहन अधिकारी २०२५ सालमा जेलबाट छुटे । २०२७ सालमा मोहनविक्रम सिंह पनि जेलबाट छुटेपछि मनमोहन अधिकारी, सिंह, शम्भुराम श्रेष्ठलगायतका नेताले कित्ताकित्तामा बाँडिएका कम्युनिस्टहरूलाई एकीकृत गर्ने प्रयास गरेर २०२८ सालमा केन्द्रीय न्युक्लियस गठन गरे । यसको सचिवमा अधिकारी चयन भए ।

न्युक्लियसले पुष्पलालको समूहसँग एकताको पहल गरे पनि सफल हुन सकेन । यसैबीच पुनः अधिकारी र सिंहबीच मतभेद र द्वन्द्व सुरु भयो । अधिकारीले न्युक्लियसलाई बेवास्ता गर्दै गए । 

२०३१ सालमा वनारसमा चौथो महाधिवेशन गरेर नेकपा (चौथो महाधिवेशन) गठन गरियो । यसबाट मोहनविक्रम सिंहलाई पार्टी सचिव निर्वाचित गरियो ।

२०३५ साउनमा पुष्पलालको निधन भएपछि नेपाली कम्युनिस्ट आन्दोलनमा नराम्रो धक्का लाग्यो । कम्युनिस्ट आन्दोलन नै मियोबिनाको दाइँ बन्यो । पुष्पलालका निकट मानिएका मदनकुमार भण्डारी, वामदेव गौतमले पनि अर्कै सङ्गठन सुरु गरे- मुक्ति मोर्चा समूह नाममा ।

झापाली विद्रोहका नेताहरू अखिल नेपाल कोअर्डिनेसन कमिटीमा सामेल भइसकेका थिए । यी दुवै समूह मिलेर २०३५ पुस ११ नेकपा (माले) गठन भयो । यसको महासचिव बने सीपी मैनाली । 

२०३६ सालमा मनमोहन अधिकारीले नेपाल कम्युनिस्ट पार्टी (मनमोहन) दल खोले । यही बेला कम्युनिस्टहरूबीच मतभिन्नता रह्यो- जनमतसङ्ग्रहमा भाग लिने कि नलिने भन्नेमा । तर, अधिकारीले जनमतसङ्ग्रहमा बहुदलका पक्षमा चुनावमा भाग लिए । नेपाली कांग्रेसलाई साथ दिए । कांग्रेससँग उनको यो साथ २०४६ सालको आन्दोलनसम्म निरन्तर रह्यो । सोही कारण पञ्चायती व्यवस्था अन्त्य पनि हुन पुग्यो ।

०४१ सालमा भएको पाँचौँ महाधिवेशनबाट महामन्त्रीमा मोहन वैद्य निर्वाचित भए । तर, श्रीलंकाको तमिल विद्रोहलाई समर्थन गर्ने कि विरोध ? भन्ने विषयमा दलमा मतभेद भयो । मोहनविक्रमले चित्रबहादुर केसीसहित चार जना केन्द्रीय सदस्य लिएर नयाँ पार्टी बनाए- नेकपा मसाल नाममा

नेकपा मालेले भने जनमतसङ्ग्रह बहिस्कार गरेको थियो । पुष्पलालको निधनपछि उनको पार्टीमा बलराम उपाध्याय र सहाना शीर्ष तहमा रहे ।  यही समूह पछि २०४३ सालमा आएर मनमोहन अधिकारीको पार्टीसँग एकता भई नेकपा (मार्क्सवादी) गठन भयो ।

मोहनविक्रम सिंहको चौथो महाधिवेशनले भने २०३६ सालको जनमतसङ्ग्रह बहिस्कार गरेको थियो । तर, निर्मल लामा जनमतसङ्ग्रहलाई उपयोग गर्नुपर्ने पक्षमा थिए भने मोहनविक्रमले लामालाई मानेनन् ।

यता, मनमोहन अधिकारीले छरिएका केही कम्युनिस्ट समूहलाई एकीकृत गरेर २०३६ भदौमा नेकपा स्थापना गरे । यो पार्टी ‘मनमोहन समूह’का नामले चिनियो । यही पार्टीसँग सहाना प्रधानको समूहसँग २०४३ चैतमा एकता भएपछि नेकपा (मार्क्सवादी) गठन भएको हो ।

२०४० सालमा लामा समूहको अगुवाइमा नेकपा (चौम) गठन भयो । मोहनविक्रमको समूहले भने पार्टीको नाम नेकपा मसाल राख्यो र महामन्त्री बने मोहनविक्रम स्वयं ।

२०३५ सालमै महासचिव मोहनविक्रम सिंहलाई यौन दुव्र्यवहारको आरोपमा कारबाही गरी पार्टी महासचिव तथा अन्य कारबाहीबाट मुक्त गरिएको थियो । यसपछि निर्मल लामा महासचिव बने । उनीमाथि पनि विभिन्न आरोप लगाएर महासचिवबाट हटाइए । लामा दुई वर्षका लागि पार्टीबाट निश्कासनमा परे र भक्तबहादुर श्रेष्ठलाई महासचिव बनाइयो । 

पार्टीमा विवादहरू रोकिएनन् । र, यो पार्टी पनि सिंह र लामा समूहमा विभाजन भयो । सिंहले २०४० कात्तिकमा गोरखपुरमा नेकपा (मशाल) गठन गरे । अर्को पक्षलाई पार्टीबाट निश्कासन गरेको घोषणा गरियो । लामा समूहले पनि सोही वर्ष फागुनमा प्रथम राष्ट्रिय सम्मेलन आयोजना गरी नेकपा (चौम) गठन गर्‍यो ।

मशालले २०४१ मंसिर १-१६ मा भारतको अयोध्यामा पाँचौँ महाधिवेशन सम्पन्न गरेर मोहन वैद्यलाई महासचिवमा चुन्यो । 
यस महाधिवेशनको रमाइलो पक्ष के रह्यो भने, कारबाहीमा परेका मोहनविक्रमका तर्फबाट चित्रबहादुर केसीले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदन पारित भयो तर नेतृत्वमा भने वैद्य आए । 

अब फेरि सिंह पक्षले केन्द्रीय आयोजक समिति गठन गरेर पार्टी विभाजन गर्‍यो । २०४२ चैतमा गोरखपुरमा ‘चौथो राष्ट्रिय सम्मेलन’ गरेर नयाँ केन्द्रीय सङ्गठन समिति गठन गरे । छैटौँ महाधिवेशन गरेर पार्टीको नाममा ‘मसाल’ थप्ने निर्णय गर्‍यो । यो समूहबाट बाबुराम भट्टराईहरू बाहिरिए, २०४७ सालमा । 

बाबुरामसहितका अन्य समूह मिलेर एकता केन्द्र गठन भयो । दीनानाथ शर्मा पनि २०५४ सालमा एउटा समूह लिएर मसालबाट बाहिरिए । उनले आफ्नो समूहलाई २०५७ सालमा माओवादीमा मिलाए ।

वैद्य नेतृत्वको नेकपा (मशाल)मा केही वर्षपछि नै उथलपुथल आयो । बहुचर्चित ‘सेक्टर काण्ड’पछि प्रचण्ड नेतृत्वमा आए । प्रचण्डले २०२८ सालमा पुष्पलाल समूहबाट राजनीति सुरु गरेका थिए । उनी  २०३४ सालमा चौथो महाधिवेशन प्रवेश गरे र २०३५ सालदेखि पूर्णकालीन सदस्य बने । प्रचण्ड २०४१ सालमा मशालको पाँचौँ महाधिवेशनबाट केन्द्रीय सदस्य र २०४२ सालमा पोलिटब्युरो सदस्य बने । २०४२ सालमा पार्टी विभाजनपछि उनी वैद्यतिर लागेका थिए ।

२०४१ सालमा भएको पाँचौँ महाधिवेशनबाट महामन्त्रीमा मोहन वैद्य निर्वाचित भए । तर, श्रीलंकाको तमिल विद्रोहलाई समर्थन गर्ने कि विरोध ? भन्ने विषयमा दलमा मतभेद भयो । मोहनविक्रमले चित्रबहादुर केसीसहित चार जना केन्द्रीय सदस्य लिएर नयाँ पार्टी बनाए- नेकपा मसाल नाममा । अब नेकपाको त्यो पक्ष पातलो मसाल र मोटो मशालमा विभाजित भयो । वैद्य नेतृत्वको पार्टीको नाम नेकपा मशाल बन्यो ।