प्रतिनिधिसभाको बैठकद्वारा २ वटा विधेयक पारित

प्रतिनिधिसभाको बैठकद्वारा २ वटा विधेयक पारित

लोकसंवाद संवाददाता  |  समाचार  |  आश्विन ७, २०७८

प्रतिनिधिसभाको बैठकले ‘विनियोजन विधेयक, २०७८’ र राष्ट्र ऋण उठाउने विधेयक, २०७८’ लाई बहुमतले पारित गरेको छ । 

अर्थमन्त्री जनार्दन शर्माले आजको बैठकमा ती २ विधेयक पारित गरियोस् भनी प्रस्ताव प्रस्तुत गरेका थिए । यसअघि बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले राष्ट्रपतिको कार्यालयबाट प्राप्त मन्त्रिपरिषद् गठनसम्बन्धी पत्रको बेहोरा पढेर सुनाएका थिए ।

बैठकमा प्रतिनिधिसभाका सचिव गोपालनाथ योगीले ‘विनियोजन विधेयक, २०७८’ का सम्बन्धमा राष्ट्रियसभाबाट प्राप्त सन्देशको जानकारी गराएका थिए ।

प्रतिनिधिसभाको अर्को बैठक यही ११ असोज दिउँसो २ बजे बस्नेछ ।