परराष्ट्रमन्त्री खड्का न्युयोर्कमा

परराष्ट्रमन्त्री खड्का न्युयोर्कमा
फाइल फोटो

लोकसंवाद संवाददाता  |  समाचार  |  आश्विन ८, २०७८

पराष्ट्रमन्त्री डा. नारायण खड्का संयुक्त राष्ट्रसंघको ७६औँ महासभामा भाग लिन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै न्युयोर्क पुगेका छन् ।

मन्त्री खड्का नेतृत्वको प्रतिनिधिमण्डललाई जोन एफ केनेडी अन्तर्राष्ट्रिय विमानस्थलमा संयुक्त राष्ट्रसंघका लागि नेपालका स्थायी प्रतिनिधि अमृतबहादुर राई, न्युयोर्कस्थित कायममुकायम महावाणिज्यदूत विष्णुप्रसाद गौतमलगायत दुवै नेपाली नियोगका अधिकारीले स्वागत गरेको न्युयोर्कबाट परराष्ट्र प्रवक्ता सेवा लम्सालले जानकारी दिए ।

‘आशाको माध्यमबाट लचिलोपन निर्माणका साथ कोभिड- १९ बाट पुनर्स्थापना, दिगो पुनर्निर्माण, पृथ्वीको आवश्यकता पूरा गर्न तथा जनताका अधिकारलाई सम्मान गर्दै संयुक्त राष्ट्रसंघलाई पुनर्जागृत गराउने’ विषयमा परराष्ट्रमन्त्रीले यही ११ असोजमा सम्बोधन गर्ने कार्यक्रम छ ।

न्युयोर्कमा रहँदा उनले मन्त्रीस्तरीय बैठकहरूमा भाग लिनाका साथै विभिन्न देशका आफ्ना समकक्षीसँग दुई पक्षीय बैठक तथा राष्ट्रसंघका उच्चपदाधिकारीसँग भेटवार्ता गर्ने प्रवक्ता लम्सालले जानकारी दिए । प्रतिनिधिमण्डलमा परराष्ट्र सचिव भरतराज पौड्याल, प्रवक्ता लम्साल, स्थायी प्रतिनिधि राई, महावाणिज्यदूत गौतमसहितका अधिकारी छन् ।