राष्ट्रियसभा बैठक सुरु, यी छन् कार्यसूचीमा

राष्ट्रियसभा बैठक सुरु, यी छन् कार्यसूचीमा

लोकसंवाद संवाददाता  |  समाचार  |  आश्विन ८, २०७८

राष्ट्रियसभाको बैठक सुरु भएको छ । संसद भवन नयाँ बानेश्वरमा बिहान ११ बजे बसिरहेको बैठकमा प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त आर्थिक विधेयक, २०७८ र राष्ट्र ऋण उठाउने विधेयक, २०७८ राष्ट्रियसभाका सचिव राजेन्द्र फुयाँलले टेबुल गर्ने संभावित कार्यसूची छ । 

यस्तै, विधायन व्यवस्थापन समितिका सभापति पर्शुराम मेघी गुरुङले अध्यागमन विधेयक, २०७६ को प्रतिवेदन पेस गर्ने कार्यसूची पनि रहेको छ । बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाको तर्फबाट दफावार फलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाउन खाद्य स्वच्छता तथा गुणस्तर विधेयक, सार्वजनिक लेख प्रसारण विधेयक, अभिलेख संरक्षण पहिलो संशोधन विधेयक र सुरक्षण मुद्रणसम्बन्धी विधेयक, २०७७ प्रस्तुत हुनेछन् ।