एमालेले निर्णय गरेमा प्रचण्डसँग चुनाव लड्छु: बादल

एमालेले निर्णय गरेमा प्रचण्डसँग चुनाव लड्छु: बादल
फाइल फोटो

लोकसंवाद संवाददाता  |  समाचार  |  आश्विन ८, २०७८

 नेकपा एमालेका नेता रामबहादुर थापा 'बादल'ले आगामी निर्वाचनमा नेकपा (माओवादी केन्द्र)का अध्यक्ष प्रचण्डसँग लड्ने बताएका छन् ।

चितवनको भरतपुर पुगेका बादलले एमाले पार्टीले निर्णय गरेमा प्रचण्डसँग चुनाव लड्न आफू तयार रहेको बताए ।

प्रचण्ड र बादल दुवैको क्षेत्र चितवन हो । माओवादीभित्रको अन्तरविरोध स्वयं प्रचण्डले नै व्यक्त गरिरहेका, सबै मन्त्री हुनलाई लुछाचुँडी गरिहेका भन्दै उनले त्यसको अर्थ सबै प्रचण्डको पछाडि लागेका छन् भन्ने होइन भन्ने बुझिने धारणा राखे ।

उनले सभामुख अग्नि सापकोटाले निष्पक्ष निर्णय नगरेर पार्टीको कार्यकर्ताको भूमिका निर्वाह गरिरहेको आरोप पनि लगाए ।