जहाँ दैनिक ४९५ पटक भूकम्प जान्छ

जहाँ दैनिक ४९५ पटक भूकम्प जान्छ

लोकसंवाद संवाददाता  |  समाचार  |  बैशाख २५, २०७६


काठमाडौं, एजेन्सी

२०७२ सालको भूकम्पले हामी अझै त्रसित छौं । 

तर संसारमा यस्तो पनि ठाउँ छ जहाँ दैनिक ४९५ पटक भूकम्प जान्छ । जहाँ हरेक ३ मिनेटमा भूकम्प जान्छ । 

अमेरिकाको क्यालिफोर्निया स्थित दक्षिणी भागमा यस्तो घटना हुने गरेको हो । सन् २००८ देखि २०१७ सम्ममा यहाँ २० लाख पटक भूकम्प आएको थियो ।  

यति धेरै पटक भूकम्प आएपनि यसले कुनै नोक्सानी भने गरेको छैन् । यसको कारण हो यहाँ भूकम्प २ रेक्टर देखि ३ सम्मको मात्र आउने गर्छ जसले गर्दा आम मानिसलाई थाहा समेत हुँदैन भने कुनै नोक्सानी पनि भएको छैन् । 

क्यालिफेर्निया विश्वविद्यालयले गरेको एउटा अनुसन्धानमा यो तथ्य पत्ता लागेको हो । अनुसन्धानका अनुसार ३ रेक्टर भन्दा माथिका भूकम्पको कम्पन मात्र मानिसले थाहा पाउने कारणले यहाँ दैनिक आउने ४९५ भूकम्पका तरंगका बारेमा मानिसलाई अत्तोपत्तो नै हुँदैन् । 

भवन निर्माण तथा गाडीको आवाजका कारण यस्ता साना भूकम्पको बारे मानिसलाई आभास नै हुँदैन् । जसका कारण वैज्ञानिकले यस्ता साना भूकम्प पत्ता लगाउन टेम्पल म्याचिंग विधिको प्रयोग गरेका थिए । 

टेम्पल म्याचिंग विधिले भूकम्प जानु केही सेकेण्ड अघि जानकारी गराए पनि यहाँ दैनिक किन यति धेरै पटक भूकम्प जान्छ भन्ने बारेमा भने अहिलेसम्म वैज्ञानिकहरुले जान्न सकेका छैनन् ।