सुनको मूल्य स्थिर

सुनको मूल्य स्थिर

लोकसंवाद संवाददाता  |  कारोबार  |  आश्विन १०, २०७८

नेपाली बजारमा आज सुनको मूल्य स्थिर रहेको छ । शुक्रबारको कारोबार मूल्यका आधारमा आज सुनको मूल्य स्थिर रहेको हो । छापावाल सुन शुक्रबार ८९ हजार रुपैयाँमा कारोबार भएको थियो । 

नेपाल सुनचाँदी व्यवसायी महासंघले सार्वजनिक गरेको तथ्यांकअनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ८९ हजार रुपैयाँ र तेजाबी सुनको मूल्य प्रतितोला ८८ हजार ५५० रुपैयाँ कायम गरिएको छ । तेजाबी सुन शुक्रबार प्रतितोला ८८ हजार ५५० रुपैयाँमा कारोबार भएको थियो । 

महासंघका अनुसार चाँदीको मूल्य शुक्रबारको तुलनामा १० रुपैयाँले घटेको छ । चाँदी शुक्रबार प्रतितोला एक हजार १६० रुपैयाँमा कारोबार भएकामा आज एक हजार १५० रुपैयाँ तोकिएको हो ।

अन्तर्राष्ट्रिय बजारको सुनचाँदी कारोबार मूल्यका आधारमा नेपालमा महासंघले सुन तथा चाँदीको कारोबार मूल्य तोक्ने गर्छ ।