आचार्यले घोषणा गरे एनआरएनए अध्यक्ष उम्मेदवारी घोषणा

आचार्यले घोषणा गरे एनआरएनए अध्यक्ष उम्मेदवारी घोषणा

लोकसंवाद संवाददाता  |  समाचार  |  आश्विन १०, २०७८

गैरआवासीय नेपाली संघको अध्यक्षमा कुल आचार्यले उम्मेदवारी दिने घोषणा गरेका छन् । बेलायतमा रहँदै आएका आचार्यले आइतबार काठमाडौंमा पत्रकार सम्मेलन गरेर उम्मेदवारी घोषणा गरेका हुन् ।

अघिल्लो निर्वाचनमा कुमार पन्तसँग पराजित आचार्यले केही समयदेखि संस्थाको गरिमा खस्किएको भन्दै आफू अध्यक्ष भए गरिमा बढाउने दाबी गरे । उनले कसै पनि दोष लगाउन नचाहेको तर संघको नेतृत्व तहका केही जिम्मेवार व्यक्तिले संस्थालाई व्यक्तिगत स्वार्थ अनुरूप प्रयोग गरेको आरोप लगाए ।

संविधानले एक पटकको नेपाली सधैँका लागि नेपाली भन्ने भावना स्वीकार गरे पनि नागरिकतासम्बन्धी ऐन नबन्दा अधिकार उपयोग गर्न नपाएको भन्दै आचार्यले गैरआवासीय नेपाली नागरिकता, पासपोर्ट र नेपालमा रहेको पैत्रिक सम्पत्तिको सुरक्षाको प्रत्याभूति प्रमुख माग रहेको उनको भनाइ थियो ।