आफूले सरकारमा रहँदा असाधारण काम गरेको ओलीको दाबी

आफूले सरकारमा रहँदा असाधारण काम गरेको ओलीको दाबी
फाइल फोटो

लोकसंवाद संवाददाता  |  समाचार  |  आश्विन १०, २०७८

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्नो नेतृत्वको सरकारले असाधारण काम गरेको बताउँदै ती काम लिएर जनतामा जान नेता, कार्यकर्तालाई निर्देशन दिएका छन् । 

ललितपुरको च्यासलस्थित तुल्सीलाल स्मृति प्रतिष्ठानमा जारी केन्द्रीय कमिटीको बैठकमा उठाइएका प्रश्नको जबाफ दिँदै ओलीले संविधान निर्माणपछि आफ्नो नेतृत्वमा पहिलो सरकार बनेको र सरकारमा रहँदा आफूले असाधारण काम गरेको दाबी गरेका हुन् छौँ ।

उनले विपक्षीहरूले षड्यन्त्र गरेर सरकारबाट हटाएका भए पनि आगामी निर्वाचनपछि एमाले फेरि सत्तामा फर्किने दाबीसमेत गरे ।