पहिलो दिन नै नेप्से ओरालोमा

पहिलो दिन नै नेप्से ओरालोमा

लोकसंवाद संवाददाता  |  कारोबार  |  आश्विन १०, २०७८

साताको पहिलो दिन नै शेयर बजार घटेको छ । आइतबार नेप्से सूचक ६१.२७ अंकले घटेको हो । आइतबार बजार घटेर सूचक २७५८.४८ अंकमा सीमित भएको छ ।

वाणिज्य बैंक र विकास बैंकहरूले लाभांश घोषणा गरिरहँदा पनि शेयर बजार घटेपछि लगानीकर्ता अन्योलमा परेका छन् ।

यसअघि सूचक २ हजार ६०० अंकमा पुग्दा शेयर खरिद गरेका लगानीकर्ताले नाफा बुक गर्दा बजारमा शेयरको बिक्रेता हावी भएको र क्रेता थोरै हुँदा मूल्य घटेको विश्लेषकहरू बताइरहेका छन् । 

आज एक करोड ४४ लाख ९४ हजार २६० कित्ता शेयर ६ अर्ब ५० करोड एक लाख १७ हजार ७८० रुपैयाँमा कारोबार भएको छ । गत साताको तुलनामा आज कारोबार पनि घटेको छ ।

आज म्युचल फण्ड ०.२१ प्रतिशतले बढे पनि अन्य समूह घटेका छन् । सबैभन्दा बढी फाइनान्स समूह ५.६५ प्रतिशतले घटेको छ । यस्तै, इन्भेस्टमेन्ट समूह २.६६ प्रतिशतले घटेको छ । कारोबार रकम पनि ६ अर्ब ५० करोड रुपैयाँ मात्र भएको छ ।