इजरायल रोजगारीका लागि एक हजार ६०० जना सिफारिस

इजरायल रोजगारीका लागि एक हजार ६०० जना सिफारिस

लोकसंवाद संवाददाता  |  समाचार  |  आश्विन १०, २०७८

नेपाल सरकार र इजरायल सरकारबीच भएको श्रम सम्झौताअनुसार इजरायलका दीर्घकालीन स्याहार केन्द्रमा पठाउन एक हजार ६०० जनाको नाम सार्वजनिक भएको छ ।

वैदेशिक रोजगार विभागले रोजगारीका लागि इजरायल जान लिइएको लिखित र अन्तर्वाताका आधारमा उनीहरूलाई छनोट गरेको हो । नेपालस्थित इजरायली दूतावासबाट परराष्ट्र मन्त्रालयमार्फत एक हजार ६०० (७० प्रतिशत महिला र ३० प्रतिशत पुरुष) उम्मेदवार सिफारिस गर्न माग गरेको थियो । परीक्षामा एक हजार ८०३ सहभागीमध्ये शैक्षिक योग्यता र तालिमको प्रमाणपत्र प्रमाणीकरण हुन नसकेको संख्या घटाउँदा कायम भएका उम्मेदवारमध्येबाट अन्तर्वाता र लिखित परीक्षा लिइएको थियो ।   

लामो समयसम्म रोजगारीका लागि इजरायल जान रोकिएको भए पनि उसले नै २ वर्ष पहिले २ देशका सरकारबीचको सहमति सम्झौताबाट खुलाउने इच्छा देखाएको मन्त्रालयले जनाएको छ । विभागले लिएको लिखित परीक्षामा ६ हजार ३१७  सहभागीमध्ये २ हजार ३९ जना लिखित परीक्षामा उत्तीर्ण भएका थिए । 

विभागले यही १ देखि ३ असोजसम्म उचाइ र तौलको परीक्षा लिएकामा त्यसबीचमा छुटेका व्यक्तिलाई अन्तर्वार्ता अवधिभरलाई अवसर दिएको थियो । सम्झौताअनुसार एक हजार जना इजरायल जाने मन्त्रालयले जनाएको छ ।