एमालेले उठाएका मुद्दा सम्बोधन नहुन्जेल संसद् अवरोध जारी रहन्छ: महेश बस्नेत

एमालेले उठाएका मुद्दा सम्बोधन नहुन्जेल संसद् अवरोध जारी रहन्छ: महेश बस्नेत
फाइल फोटो

लोकसंवाद संवाददाता  |  समाचार  |  आश्विन ११, २०७८

नेकपा एमालेका सांसद महेश बस्नेतले सार्वभौम संसद्ले प्रतिपक्षको आवाज सुन्नुपर्ने बताएका छन् । 

प्रतिनिधिसभाको आजको बैठकमा सहभागी हुने क्रममा बस्नेतले एउटै दल सधैँ प्रतिपक्षमा नहुने, अहिले सत्तामा भएका दल भोलि प्रतिपक्षमा पुग्ने कुरामा ध्यान जानुपर्ने बताए ।

उनले कुनै दलले आफ्ना सांसद्लाई कारवाही गर्दा तुरुन्त सदर हुने र अर्कोले गर्दा नहुने गरेको भन्दै आपत्ति पनि जनाए । 

बस्नेतले जुनसुकै पार्टीको नेता पनि सभामुख भएपछि सबै सांसदको अभिभावक हुनुपर्ने सुझाव पनि सभामुखलाई दिए । आफ्नो पार्टीले उठाएका मुद्दा सम्बोधन नभएसम्म सांसदमा विरोध जारी राखिने बस्नेतको भनाइ थियो ।