वर्षाका कारण भएनन् एभरेस्ट प्रिमियर लिगका सोमबारका दुवै खेल

वर्षाका कारण भएनन् एभरेस्ट प्रिमियर लिगका सोमबारका दुवै खेल

लोकसंवाद संवाददाता  |  खेलकुद  |  आश्विन ११, २०७८

आइतबार हुने तय भएको पहिलो खेलमा काठमाडौं र विराटनगरले भिजेको मैदानका कारण अंक बाँड्दा दिउँसो हुने तय भएको भैरहवा र चितवनको खेलमा पुनः वर्षा भएपछि रद्द गरियो ।

यसअघि भैरहवाले आइतबार पोखरासँग वर्षाका कारण अंक बाँड्न बाध्य भएको थियो । भैरहवा लगातार दोस्रो खेल गुमाउन पुग्यो । १ः३० बजेदेखि सुरु हुने खेल चिसो आउटफिल्डसँगै पुनः वर्षा भएपछि स्थगित भएको हो । खेल सुरु हुन ढिलाइ भएको केहीबेरमा नै पुनः वर्षा भएपछि मैदान कभरले ढाकिएको थियो ।

वर्षासँगै खेल स्थगित भएपनि लगातार अंक बाँड्दा भैरहवालाई स्वाभाविक घाटा लागेको छ । खराब मैदानका कारण भैरहवाका कप्तान शरद भेषवाकर र चितवनका सोमपाल कामीसँग छलफलपछि अम्पायरले टस स्थगित गरेका थिए । चितवनले पहिलो खेलमा विराटनगर वारियर्सलाई २ विकेटले पराजित गरेको थियो ।

भैरहवा ग्ल्याडियटर्सको भने पहिलो खेलमा पनि वर्षा बाधक बनेको थियो । आइतबारको दोस्रो खेलमा टस जितेर पहिलो ब्याटिङ गरेको पोखराले १०.१ ओभरमा ६५.७ को अवस्थामा रहँदा ठूलो वर्षा भएपछि अंक बाँड्न भैरहवा बाध्य भएको थियो । सोमबारका दुवै खेलमा भने टस हुन सकेन ।