वर्षमान पुनलाई उपचारका लागि बैंकक लगिँदै

वर्षमान पुनलाई उपचारका लागि बैंकक लगिँदै
फाइल फोटो

लोकसंवाद संवाददाता  |  समाचार  |  आश्विन १२, २०७८

नेकपा (माओवादी केन्द्र)का नेता तथा पूर्वमन्त्री वर्षमान पुनलाई उपचारका लागि थाइल्याण्डको बैंकक लगिने भएको छ ।

उनलाई बुधबार बिहान बैंकक लगिने बताइएको छ ।

लामो समयदेखि जण्डिस बिग्रिएपछि देखिने समस्याबाट उनी पीडित छन् । ४ वर्षअघि पनि उनलाई बैंककको समितिभेज अस्पतालमा उपचार गरिएको थियो ।