१० बुँदे कार्यान्वयनका लागि कार्यदलको बैठक जारी

१० बुँदे कार्यान्वयनका लागि कार्यदलको बैठक जारी
फाइल फोटो

लोकसंवाद संवाददाता  |  समाचार  |  आश्विन १२, २०७८

नेकपा एमालेको आन्तरिक एकता कायम गर्न भएका १० बुँदे सहमति कार्यान्वयनमा देखिएका समस्या समाधान गर्न गठित उच्चस्तरीय कार्यदलको बैठक केन्द्रीय कार्यालयमा बसिरहेको छ ।

सोमबारको स्थायी कमिटी बैठकले भीम रावललाई कार्यदलको संयोजकको जिम्मेवारी दिएको थियो भने शंकर पोखरेललाई कार्यदलमा थप्ने निर्णय गरेको थियो ।

यही कार्यदलले नै केन्द्रीय कमिटीलगायतका निकायमा मनोनीत हुनेहरूको सूचीसमेत तयार पार्नेछ । कार्यदलले १० बुँदेका आधारमा एमालेमै रहेका पूर्वमाओवादीका नेताहरूको समायोजनसमेत गर्ने बताइएको छ ।