नेपालमै भेटियो कोरोनाको डेल्टा भेरियन्ट

नेपालमै भेटियो कोरोनाको डेल्टा भेरियन्ट

लोकसंवाद संवाददाता  |  स्वास्थ्य  |  आश्विन १२, २०७८

कोरोना भाइरस संक्रमणको अनुवांशिक (जिन सिक्वेन्सिङ) अध्ययन गर्दा नेपालमा डेल्टा भाइरस भेटिएको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला र त्रिभुवन विश्वविद्यालय जैविक प्रविधि केन्द्रीय विभागमा गरिएको अनुवांशिक अध्ययनमा सबैमा डेल्टा भाइरस भेटिएको हो । 

प्रयोगशालाका निर्देशक डा‍. रुणा झाले ४२ वटा नमुनाको अनुवांशिक अध्ययन गरिएकामा ४१ वटामा डेल्टा भाइरस र एउटामा ‘क’ जिन नेगेटिभ भएको अल्फा भेरियन्ट देखिएको बताए । प्रयोगशालामा २६ र केन्द्रीय विभागमा १६ वटा अनुवांशिक अध्ययन गरिएको थियो । ४१ वटा नमुना भदौ र असोज तथा एउटा वैशाखमा संकलन गरिएको थियो । 

राष्ट्रिय प्रयोगशालालाई विश्व स्वास्थ्य संगठनले र केन्द्रीय विभागलाई वासिङ्टन विश्वविद्यालयले प्राविधिक सहयोग गरेको थियो । निर्देशक डा. झाले अब नेपालमैै संक्रमणको अनुवांशिक अध्ययन गर्न सकिने बताए ।