ईपीएल टी- ट्वान्टीअन्तर्गत चौथो दिनको खेलसमेत वर्षाले रद्द

ईपीएल टी- ट्वान्टीअन्तर्गत चौथो दिनको खेलसमेत वर्षाले रद्द

लोकसंवाद संवाददाता  |  खेलकुद  |  आश्विन १२, २०७८

एभरेस्ट प्रिमियर लिग (ईपीएल) टी- ट्वान्टीअन्तर्गत चौथो दिनको खेलसमेत वर्षाले रद्द भएको छ । 

मंगलबार तय भएको काठमाडौं किङ्स इलेभन र पोखरा राइनोजबीचको खेल वर्षाका कारण रद्द भएको हो । खेलमा टससमेत हुन पाएन । 

विगत ३ दिनदेखि परेको पानीका कारण मैदान ओसिलो हुन पुग्दा ईपीएलको चौथो दिनको खेलसमेत हुन नसकेको हो । 
खेल पुनः खेलाइने वा नखेलाइने निर्णय भएको छैन । 

यसअघि सोमबारका दुवै खेल वर्षाका कारण रद्द भएका थिए । ती खेलहरू अर्को दिन खेलाइने भएको छ ।